जेठदेखि असोजसम्म पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा हुने « Khabarhub

जेठदेखि असोजसम्म पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा हुने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आगामी मनुसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ । साथै क्षेत्रगतरूपमा नेपालका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

यद्यपि प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ५० प्रतिशतभन्दा बढी रहेको छ भने अन्य भूभागहरुमा त्यो भन्दा कम वर्षा हुने सम्भावना रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो आँकलन विभागको मनसुनी वर्षा आँकलन गर्ने प्रारुप र दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चले सार्वजनिक गरेको दक्षिण एशियाको आगामी मनसुनी वर्षाको आँकलनका आधारमा तयार गरिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिइन् ।

सामान्यतया सरदर वर्षा भन्नाले कुनै पनि स्थानको लामो समय (सन् १९८१ देखि २०१०) को ३४ देखि ६७ प्रतिशतको वर्षालाई जनाउँदछ भने सरदरभन्दा कम र बढीको वर्षा भन्नाले क्रमशः ३४ प्रतिशतभन्दा कम र ६७ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।

यस वर्ष बङ्गलादेशको ढाकामा यही वैशाख ८ देखि १० गतेसम्म दक्षिण एशियाली मुलुकहरुको जलवायु दृष्टिकोणसम्बन्धी साझा मञ्चको १६औँ सत्र कोभिड–१९ को महामारीका कारण ‘अनलाइन सत्र’को रूपमा सम्पन्न भएको थियो ।

उक्त भिडियो कन्फ्रेन्समा दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, भूटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, अफगानिस्तान र म्यान्माका सरकारी सेवाका मौसम विज्ञानका विज्ञहरु र विश्व मौसम सङ्गठन, विश्व मौसम सङ्गठनको क्षेत्रीय जलवायु केन्द्र भारत, युके मेट अफिसलगायत क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको उनले जानकारी दिइन् ।

यस मञ्चले मुलतः यस वर्षको मनसुनमा दक्षिण एशियाली मुलुकमा हुने वर्षाको अवस्था कस्तो रहन्छ भन्ने विषयमा छलफल केन्द्रित रही यसको आँकलनसमेत गरेको छ ।

मञ्चका अनुसार दक्षिण एशियाका धेरै भागमा यस वर्षको मनसुनी वर्षा साधारणतयाः सरदर हुने भन्दै आफ्नो साझा दृष्टिकोण सार्वजनिक गरेको छ । सो दृष्टिकोण बमोजिम नेपाल, भारतलगायत धेरैजसो देशमा यस वर्षको मनसुन सिजनमा सरदर वर्षा हुने सम्भावना रहेको छ भने दक्षिणी तथा मध्य पाकिस्तानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

उक्त साझा दृष्टिकोण दक्षिण एशियाको हावापानीलाई मुख्य प्रभाव पार्ने विद्यमान जलवायुको अवस्था र विश्वव्यापी जलवायु प्रारुपको ऋतुगत पूर्वानुमानको प्राविधिक विश्लेषण गरी मौसामविद्हरुद्वारा तयार गरिएको वरिष्ठ मौसमविद् डा कँडेलले बताइन् ।

साझा दृष्टिकोण तयार गर्ने क्रममा दक्षिण एशियाको जलवायुलाई प्रभाव पार्ने प्रशान्त महासागर र हिन्द महासागरको पानीको तापक्रममा निर्भर रहने जलवायु मोडल र अन्य सूचकको आँकलनसँगै अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी तयार गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : ३० बजे

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी