संक्रमणको जोखिम बढेपछि दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन « Khabarhub

संक्रमणको जोखिम बढेपछि दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय सङ्क्रमित रहेका र नगर क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन । उनले भने, “सदरमुकाम रहेको नगर क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ, यसको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्ने निर्णय गरेका हौँ ।”

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दूरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

यस्तै अतिआवश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ । यसैगरी रुखाखोकी, ज्वरोका बिरामीले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै नगर क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाले हप्तामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षाबाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, विवाहमा १० जना मात्रै सहभागी हुन दिनेलगायतका निर्णय गरेको छ ।

यस्तै धार्मिकस्थल तथा मन्दिरमा नित्यपूजाबाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णयसमेत भएको छ । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ ।

कसैले अत्वाश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारिसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए ।

उनले भने, “भीडभाड कम गर्न तथा जोखिम कम गर्न अत्यावश्यक कामका लागि वडाको सिफारिस अनिवार्य गरेका हौँ ।”

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित