अस्ट्रेलियामा चार नेपालीमा कोरोना भइरस संक्रमणको पुष्टि « Khabarhub

अस्ट्रेलियामा चार नेपालीमा कोरोना भइरस संक्रमणको पुष्टि


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया– अस्ट्रेलियामा चार जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।

राजधानी सिड्‌नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरुसबै विद्यार्थी हुन् ।

दूतावासका अनुसार संक्रमित सबै नेपाली युवतीहरु भएको र उनीहरु सेल्फ क्वारेन्टनाइनमा  रहेका छन् ।

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बस्ने ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो भने अन्य २ जनाकोपनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यस्तै सिड्नीमै बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत भाइरसको संक्रमण देखिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेकोदूतावासले जनाएको छ।

यसअघि सिड्नीमै एक नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएपनि उनी अहिले पूर्ण स्वस्थ भएर घर फर्किसकेका छन्।

यसैबीच नेपाली दूतावास अस्ट्रेलियाले संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली विद्यार्थीलाई आग्रह समेत गरेको छ।

शनिबार दिउँसोसम्म अस्ट्रेलियामा ३ हजार ५ सय ७३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये हालसम्म १४जना मानिसले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित