संसद विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने « Khabarhub

संसद विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने,‘संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको छ । तर कहिले प्रदर्शन गर्ने भन्ने निर्णय भने बिहीबार बस्ने बैठकमा हुनेछ ।’

केन्द्रीय समितिको बैठकमा पुस १६ गते नै सरकारविरुद्ध प्रदर्शन गर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले गरेका थिए । तर मेलमिलाप दिवसका दिनमा प्रदर्शन गर्न अनुपयुक्त हुने भन्दै मितिका बारेमा भोलिको बैठकमा छलफल गर्ने निर्णय भएको उनले बताए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले समेत सरकारविरुद्ध प्रदर्शन गर्ने विषयमा छलफल भएको बताए । उनले भने,‘हामीले प्रदर्शन गर्नुपर्छ भनेर भनेका हौं । तर मेलमिलाप दिवसका दिनमा प्रदर्शन गर्न नहुने सहमति बनेको हो ।’

कांग्रेस केन्द्रीय समिति बैठकअघि कांग्रेसका युवा नेताहरु गगन थापा, बद्री पाण्डे लगयतका नेताहरुको काठमाडौंको बत्तिसपुतलिमा बसेको अनौपचारिक बैठकले सरकारविरुद्ध प्रदर्शन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

केन्द्रीय समिति बैठकमा भने सरकारविरुद्ध प्रदर्शन गर्ने वा चुनावको तयारीमा लाग्ने भन्ने विषयमा फरक–फरक मत प्रकट भएको जनाइएको छ ।

प्रदर्शनका विषयमा चर्काचर्की 

जारी बैठकमा सभापति  देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संसद विघटनविरुद्ध प्रदर्शन गर्ने विषयमा चर्काचर्की नै परेको एक केन्द्रीय सदस्यले बताए ।

सभापति देउवाले नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्ने विषयमा फरक मत राखेका थिए ।

देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने बताएपछि पौडेलले आक्रोशित बनेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारदेखि बैठक सुरु भएको हो ।

दुई दिनमा जम्मा ८ जनाले मात्रै धारणा राखेका छन् । बुधबारसम्म बोल्नेको सूचीमा २७ जनाभन्दा बढीको नाम रहेको छ । बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएपछि कांग्रेसले बुधबारबाट बैठक बोलाएको हो ।

प्रतिनिधिसभा संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भएको भन्दै यसअघि नै कांग्रेसले विरोध प्रदर्शन गर्ने जनाएको थियो ।

कांग्रेसको आह्वानमा भएको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध, कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा ‘प्रचण्ड–नेपाल’ समूहले एक भएर साझा रुपमा प्रतिकार गर्ने जनाएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित