ओपो रेनोका कथाहरु : टू क्रिएट ईज टू लिभ « Khabarhub

ओपो रेनोका कथाहरु : टू क्रिएट ईज टू लिभ


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिर्जनशीलता, चाहना, जोश र उद्देश्यको खोजीले नै जीवन दोर्‍याइरहेको हुन्छ । वास्तवमा गहिरिएर नियाल्दा सिर्जनशील प्राणीका रुपमा यिनै पक्षले हाम्रो पहिचानको प्रतिनीधित्वपनि गरिरहेको हुन्छ । हामी सदैव उत्पादन, सुधार र ब्यक्त गर्न प्रयाशरत हन्छौँ ।

जीवनको मूल सार, सिर्जनशीलताको ओपो सधैँ समर्थन गर्छ र सिर्जनशीलताका लागि सहयात्रीका रुपमा रेनो सिरिजको विकासमा लगातार लागिरहेको छ । उपभोक्तामा निहित जोश र कलाकारितालाई थप प्रोत्साहन गर्ने सोचका साथ ओपो रेनोको सिर्जनशील टूल्स सबैका लागि उपलब्ध गराउनु मूल उद्देश्य हो ।

ओपोले कलाको मूलभूत अर्थ र कलाकारका कथा उजागर गर्ने सोचका साथ विश्वभरका ६ लोकप्रिय कलाकारका साथमा तिनको कथा भिडियो मार्फत साभार गर्ने प्रयास गरेको छ । जेकब कोलियर, पेल्ला, जेस्सि ली, ईयान वायल्डर, रुक फ्लोरो र मेट टोवली गरी छ जना कलाकारलाई “टू क्रिएट ईज टू लिभ” अवधारमाथि तिनका पृथक दृष्टिकोण प्रस्तुत गर्न लगाइएको थियो ।

जेकब कोलियर उत्तरी ईंग्ल्याण्डका बहुआयामी संगीतकार हुन् । उनी कम्पोजर, एरेन्जर, गायक तथा बहु(बाद्यबाधन विशेषज्ञपनि हुन् । उनको सांगीतिक यात्राको उडान सन् २०१२मा आफ्नो पहिलो स्प्लिट(स्क्रिन यूट्यूब भिडियो, लोकप्रिय गीतको कभर भाइरल भएसंगै सुरुवात भएको हो ।

यस पश्चात जेकबले तीन एल्बम सार्वजनिक गरी सकेका छन् भने विभिन्न अवार्डहरु जित्नुका साथै वल्र्ड टूरपनि गरिसकेका छन् । उनी आफ्ना सिर्जनशीलता मार्फत बच्चाको जस्तो सोच मग्न, खोजीमा तल्लीन र स्वप्नमा मस्त दृष्टिकोण प्रस्तुत गर्न रुचाउँछन् । उनी आफूलाई हरपल जीवन र संगीतको प्रेमीका रुपमा लिन्छन् र यसको चरितार्थ उनका शब्द, कार्य र शैलीमा प्रस्ट झल्किन्छ ।

सन् २०१३मा नेशनल ईन्ष्टिच्यूट अफ फेशन टेक्नोलोजी मार्फत स्नातक गरेकी पेल्ला उदयिमान भारतिय फेशन डिजाइन हुन् । स्नातक लगतै उनले आफ्नो फेशन र कपडा डिजाइन ज्ञानको उपयोग गर्दै पेल्ला स्थापना गरिन् । उनको कलाकारितामा उनले भारतिय संस्कृतिका सुक्ष्म र बिलिनोन्मुख विशेषताहरुका प्रस्तुतिकरणले उनलाई बिशेष लोकप्रियता प्रदान गरेको छ ।

पेल्लाका अनुसार उनका डिजाइनले पहिरिने मानिसको आकार लिँदै तिनको चरित्रलाई थप प्रष्ट्याउन सघाउँछ । उनले आफ्ना रचनामा पूर्ण समर्पित हुँदै, आफ्नै अन्तरआत्माको अंश रचनामा समाहित गराउने बताउँछिन् ।

जेस्सि ली कुनमिङ, चीनकी कलाकार हुन् । उनले आफ्नो कलाकारिता विभिन्न चलचित्र र शो मार्फत प्रस्तुत गर्दै धेरै ओटा बेष्ट एक्ट्रेस अवार्डहरु पनि जितिसकेकी छिन् । उनी विभिन्न पृथक चारित्रिक चित्रण मार्फत आफ्नो अभिनय प्रस्तुत गर्न खोजिरहन्छिन् । क्यामेराका अगाडी ब्यतित हरेक पलले तपाईँ विश्वलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा प्रस्तुत गर्ने कुरामा उनी विश्वास गर्छिन् ।

हरेक कुराको सुरुवात प्रश्नबाट हुने कुरामा विश्वास गर्ने ईयान वेईल्डर, स्पेनका भिज्यूअल आर्टिूट तथा स्केटबोर्डर हुन् । कला सिर्जनका लागि आफूले के जानेको छु भन्ने कुरा भूलेर सम्भावना नियाल्नु पर्ने कुरामा उनी जोड दिन्छन् । स्वतन्त्र भई निश्चित बृत्तभन्दा माथी उठेर काम गर्न सक्नु सिर्जशील सफलताका लागि अपरिहार्य छ, भन्ने कुरामा उनी विश्वास गर्छन् । उनका लागि समग्र सन्तुष्टि प्राप्त गर्ने प्रकृयाका रुपमा कलाकारिता रहेको छ ।

बैंकक्, थाईल्याण्डका रुक फ्लोरो, भिज्यूअल आर्ट निर्माण गर्छन् र विज्ञापन उद्योगमा आर्ट डिरेक्टरका रुपमा कार्यरत छन् । उनका अनुसार उनको स्मारणमा रहे देखिनै स्वभाविकरुपमै उनी चित्र कोर्दै आफूलाई भिज्यूअल्ली प्रस्तुत गर्ने गर्थे ।

कलाकारिता प्राकृतिकरुपमै आफूमा निहित रहेको र यसै मार्फत आफूलाई सहजरुपमा प्रस्फुतन गर्न सक्ने भएकाले उनले यसैलाई करियरका रुपमा अघि बढाउने निर्णय गरेको बताउँछन् । हरेक दिन उनलाई आफू नयाँ मान्छे भएको अनुभव हुने उनी बताउँछन् । आफ्नो बहु आयामिक चरित्रलाई प्रस्तुत गर्ने एक सटिक माध्यमका रुपमा उनी भिज्यूअल आर्टलाई लिन्छन् ।

मिनेसोटाका मेट टोवली एक अमेरिकी कलाकार तथा डान्सरले सटिकरुपमा क्रिएटिभ भिजनको सार प्रस्तुत गरेका छन् । उनी कुनै परिभाषा वा पूर्व कल्पित सिमिततामा आफूलाई नबाँध्न अनुरोध गर्छन् । हरेक सिमाना तथा सिमितता नाघेर आफूलाई खुल्ला रुपमा प्रस्फुटन गराउन उनी प्रेरित गर्छन् । “सिर्जनशीलता स्वतन्त्रता हो, सिमाना नाघ्न सघाउने औजार हो । यो स्वतन्त्र अभिब्यक्तिका लागि एक सटिक माध्यम हो जसले आफूलाई आफूसंग नजिक ल्याउन तथा तपाईँ विश्वका लागि के सम्म बन्न सक्नुहुन्छ भन्ने सम्भावना पहिल्याउने कार्यमा सघाउँछ” उनी भन्छन्, “यसका लागि तपाईँ आफू अनुकुल नृत्य, अभिनय, गायन, पेन्टिङ, रनिङ, एक असल आमा, बुवा वा साथी बन्ने लगायत कुनैपनि माध्यमको छनोट गर्न सक्नुहुन्छ ।आफूले राम्रो गर्न सक्ने क्षेत्रमा राम्रो गर्दै राम्रो बन्न सक्नुहुन्छ भने तपाई एक सफल कलाकार हुनु हुन्छ ।” सिर्जशीलता नै जीवनको आधार हो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ५ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित