विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निर्णयविरुद्ध जनकपुर र वीरगञ्जमा विरोध प्रदर्शन « Khabarhub

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निर्णयविरुद्ध जनकपुर र वीरगञ्जमा विरोध प्रदर्शन


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेसँगै प्रदेश २ को विभिन्न स्थानमा त्यसको विरोध सुरु भएको छ। आज नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा जनकपुरधाम सहित विभिन्न स्थानमा प्रदर्शन भएको छ।

नागरिकता सम्बन्धि यो नया प्रावधानले सबैभन्दा बढी मधेसी समुदायका व्यक्ति प्रभावित हुने भएकोले विभिन्न पार्टी तथा संघसंगठनले प्रदर्शन गरेका छन्।

आज जनकपुरधाममा नेपाल तरुण दल, जनता समाजावदी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले नागरिकता ऐन संशोधन विधेकको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी बुहारीलाई सातवर्ष पछि मात्र अंगिकृत नागरिकता दिने सत्तारुढ नेकपाले निर्णय गरेको थियो।

नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागिएको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन्। पर्साको वीरगञ्ज, सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर लगायत विभिन्न जिल्लाहरुमा नेपाली ग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले विरोध प्रदर्शन गरेका हुन्।

अर्को मूलुकबाट विवाह गरी आउने बुहारीलाई सातवर्ष पछि मात्र नागरिकता दिने संविधानको मूलमर्म र भावना विपरीत रहेको कांग्रेस र जसपाको धारणा छ।

यसले नेपाल भारतबीच वर्षौदेखि चली आएको बेटीरोटी र सांस्कृतिक सम्बन्धमा खलल पुग्ने ती दलहरुले दाबी गरिरहेका छन्।

नेकपाको यस निर्णयलाई सत्तपक्षका नेताहरुले समेत अस्वीकार गरेका छन्।

यस्तै नेकपाको निर्णयविरुद्ध पर्सामा पनि विभिन्‍न पार्टीले विरोध प्रदर्शन गरेको छ। पर्सा कांग्रेसले बिरगञ्ज र बाराको कलैयामा आइतबार प्रदर्शन गरेको छ।बिरगञ्जको घण्टाघरमा काँग्रेसका नेता कार्यकर्ताहरुले नागरिकता विधेयक संशोधनलाई सच्याउन माग गर्दै प्रदर्शन गरेका थिए।

उनीहरुले महिलाको अधिकार खोस्न पाईदैन, कम्युनिष्ट सरकार चाहिदैन, जसले आमाको सम्मान गर्न जान्दैन उसले मातृभुमिको रक्षा गर्न सक्दैन, महिलालाई हेप्न पाईदैन, हत्यारा सरकार चाँहिदैन, जहा नारीको सम्मान हुन्छ त्यहा ईशवरको बास हुन्छ, महिला एकता जिन्दाबाद, भ्रष्टाचारी सरकार मुर्दाबाद लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रदर्शनमा बोल्‍दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले बिदेशीसित रहेको रोटी बेटीको समबन्धलाई समाप्त पार्न ओली सरकारले नागरिकता सँशोधन विधेयक ल्याइएको बताएका थिए।

उनले बहुमतको भरमा भारत तथा अन्य मुलुकहरुबाट बिहे गरेर आउने बुहारीहरुको हक अधिकारको विरुद्धमा निर्णय गरी नेकपाले बिधेयक ल्याउन खोजेको आरोप लगाए।

प्रदर्शनमा सहभागी काँग्रेसका केन्द्रिय सदस्य एवम पुर्ब साँसद राधेचन्द्र यादवले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताए।

विवाहको ७ पछि ल्याइएको विधेयकले विदेशी बुहारीका छोराछोरीलाई पढनपाउनु पर्ने नैसर्गिक अधिकारमाथि दमन गर्न खोजेको उनले आरोप लगाए।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित