आईएमएफ र विश्व बैंक समूहको संयुक्त बैठकमा गभर्नर अधिकारी सहभागी « Khabarhub

आईएमएफ र विश्व बैंक समूहको संयुक्त बैठकमा गभर्नर अधिकारी सहभागी


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गभर्नर महाप्रसाद अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको संयुक्त वार्षिक भर्चुअल बैठकमा सहभागी भएका छन् ।

गभर्नर अधिकारीले सन् २०२० अक्टोबर १२ देखि १८ सम्म आयोजित वार्षिक वैठकमा सहभागिता जनाएका हुन ।र

सो अवसरमा गभर्नर अधिकारीले अक्टोबर १३ मा आईएमएफका डेप्युटी मेनेजिङ डाइरेक्टर ताओ जोङसँग कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका विषयमा छलफल गरेका थिए ।

साथै उनले कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको विषयमा समेत चर्चा गरेका थिए ।

त्यसैगरी उनले अन्तर्राष्ट्रिय वित्त निगम ( आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट अल्फोन्सो ग्रासिआ मोरसँग समेत छलफल गरेका छन् ।

सो अवसरमा भाइस प्रेसिडेन्ट अल्फोन्सोले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनर्संरचना, वित्तीय क्षमताको अभिवृद्धि, जलविद्युत् क्षेत्रमा लगानी, स्वदेशी मुद्रामा बण्ड जारी गर्ने लगायतका विषयमा चासो राखेका थिए ।

अक्टोबर १५ मा आयोजित Plenary Session / ‘Toronto Centre Roundtable Discussion’ मा समेत गभर्नर अधिकारीले सहभागिता जनाएका थिए ।

यसै गरी, गभर्नर अधिकारीले छलफलका अवसरमा आईएमएफका  साउथ इस्ट एसिया भोटिङ ग्रुप (SEAVG)का प्रतिनिधिहरुसँगै विश्वव्यापी महामारीको रूपमा देखिएको कोभिड–१९ ले नेपालको आर्थिक स्थिति र मानव स्वास्थ्यमा परेको असरबारे जानकारी गराएका थिए ।

सो अवसरमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा.गुणाकर भट्टले आईएमएफको मोनिटरी एण्ड क्यापिटल मार्केट डिपार्टमेन्टको भर्चुअल बैठकमा सहभागिता जनाएका थिए ।

विभिन्न बैठकका क्रममा द्विपक्षीय हित प्रवर्द्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरू, कोभिड–१९ का कारण नेपालको वित्तीय क्षेत्रमा परेका असर र त्यसको न्यूनीकरणका निम्ति लिइएका नीतिगत व्यवस्थाका विषयमा विस्तृत छलफल भएको थियो ।

बैठकका क्रममा एसिया प्यासिफिक डिपार्टमेण्टले Regional Economic Outlook सार्वजनिक समेत गरेको थियो ।

वार्षिक बैठकमा गभर्नरको कार्यालयका का.मु. निर्देशक नारायणप्रसाद पोखेरेल र उप– निर्देशक डम्बर सुवेदीको समेत सहभागिता थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित