कोरोना सङ्क्रमितलाई विभेद नगरौँ « Khabarhub

कोरोना सङ्क्रमितलाई विभेद नगरौँ


४ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – कोरोना सङ्क्रमणले त्यहाँ एकखालको विभेद निम्त्याएको छ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बिरामीले सामाजिक विभेदको शिकार बन्नुपरेको घटना बाहिरिन थालेका छन् ।

स्वास्थ्य सतर्कता र भौतिक दूरी कायम गर्ने नाउँमा सङ्क्रमितलाई एक्लोपन महसुस गराउने तथा सामाजिकरूप मै बहिस्कृत गर्ने खालका व्यवहारसमेत भोग्नुपरेको कोरोना जितेकाको दुखेसो छ ।

महेन्द्रनगरस्थित पाण्डेय किराना पसलका सञ्चालक हरिप्रसाद पाण्डेय करिब डेढ महिनाअघि कोरोना सङ्क्रमित भए । व्यापारमा खटिरहने उनलाई लक्षणबिनाको कोरोना पुष्टि भएको थियो ।

उनी रोग निको भएको डेढ महिना बितिसक्दा पनि व्यापार पुरानो अवस्था फर्किन नसकेको अनुभव सुनाए ।

“चार दिन अस्पताल बसाइपछि १४ दिन होमआइशोलेसन बसेर कोरोना जितियो”, उनले भने, “निको भएर आउँदा मानिस बोल्नै डराउने, समाजमा के–के न बिगारेको जस्तो व्यवहार पाएँ ।” दाजुभाइ नै किराना व्यापारमा लागेका उनीहरुले सङ्क्रमण देखिएको दुई दिन पसल नै बन्द गर्नुपरेको बताउँछन् ।

“दाइलाई कोरोना नेगेटिभ देखिएपछि मात्रै ग्राहकहरु आउन थाले”, पाण्डेयले भने, “त्यो बेला झण्डै ९५ प्रतिशत ग्राहक पसलमा आउनै छाडेका थिए ।” उनले आफूलाई सङ्क्रमण हुँदा व्यापारमा समेत नोक्सानी व्यहोर्नुपरेको बताए ।

“कोरोना उच्च मनोबलले जितिन्छ त भनेँ तर यहाँ ढाडसभन्दा तिस्कृतजस्तो अनुभव भयो”, उनले भने, “अहिले भने विभेद मत्थर हुँदै गएको छ ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सङ्क्रमितलाई विभेद र दुव्यर्वहार समाजमा भइरहेको गुनासो आउने गरेको बताए । “सङ्क्रमित हुँदा तिनका परिवारले नियमितरूपमा खरिद गर्ने गरेको दूधसमेत नपाएका घटना पनि सुनिए ।” जोशीले भने, “कोभिडको शुरुआतदेखि नै विभेद शुरु भएको थियो ।”

उनले निर्देशनालयका लिखित उजुरी नआएपछि गुनासाहरु आउने गरेको बताए । “सङ्क्रमण पुष्टि भएपछि स्वयं स्वास्थ्यकर्मीले पनि विभेद सामना गर्नुपरेका धेरै घटना छन्”, उनले भने, “सामाजिक दूरी कायम गर्ने कुरो छुट्टै हो, तर विभेद गर्नु राम्रो होइन ।”

सुदूरपश्चिममा १० हजारभन्दा बढी सङ्क्रमित रहे पनि आठ हजार निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ । त्यसैगरी महेन्द्रनगरका पत्रकार सुरेश धामी कोरोना सङ्क्रमणबारे समाजमा अझै सचेतनाका कार्यक्रम लागू पर्नुपर्ने बताए ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि १८ दिन धनगढीस्थित कोरोना अस्पताल बसेर निको भएर फर्किएका उनले सङ्क्रमण निको भइसकेपछि पनि एकखालको त्रास रहेको जानकारी दिए । “सङ्क्रमण निको भइसकेको व्यक्तिसित दूरी कायम गर्ने कुराबारे पनि स्पष्ट जानकारी भएन”, उनले भने, “कोरोनाका बारेमा गलत अपवाह फैलाउनु ठिक होइन ।”

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ३ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित