रकम भुक्तानीका लागि धाउँदाधाउँदै मृत्यु « Khabarhub

रकम भुक्तानीका लागि धाउँदाधाउँदै मृत्यु


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए पनि नगरपालिकाले समयमा रकम भुक्तानी नदिँदा अध्यक्ष राजवंशी नगरपालिकाको मूल गेटमै गत असोज १२ गते बेहोस भएर ढलेका थिए ।

रकम भुक्तानीका लागि नगरपालिका पुगेका राजवंशी नगरपालिकामा नै बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो ।

अध्यक्ष राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले नगरपालिकाले समयमा रकम भुक्तानी नदिएका कारण उनको मृत्यु भएको भन्दै नगरपालिकामा तोडफोड गरेका थिए ।

नगरपालिका–८ भुडिसिमल निवासी ५८ वर्षीय राजवंशीको अध्यक्षतामा गठित उपभोक्ता समितिले टहरा निर्माण गरेको थियो । टहरा निर्माणका लागि नगरपालिकाले रु तीन लाख बजेट छुट्याएको थियो ।

सोही रकमबाट राजवंशीकै अध्यक्षतामा टहरा निर्माण भएको थियो । टहरा निर्माण सम्पन्न भएपछि सो समितिले असारको २५ गते वडा सिफारिस र अनुगमन समितिको कार्य सम्पन्न गरेको प्रतिवेदनसहित नगरपालिकाको प्राविधिक शाखामा रकम भुक्तानीका लागि फाइल पेश गरेको थियो ।

प्राविधिक शाखाले फाइल जिम्मा बुझे पनि लामो समयसम्म रकम भुक्तानीका लागि सिफारिस नगरेपछि राजवंशी गत असोज १२ गते कार्यालयमा नै बेहोस भएर ढलेका थिए ।

राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले दुई दिनसम्म शव कार्यालयमा नै राखेर नगरपालिका घेराउ गर्दै इन्जिनीयर सचिन क्षेत्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।

सामाजिक काम गर्दा गर्दै राजवंशीको मृत्यु भएको भन्दै नगरपालिकाले ११ महिनापछि मृतकका परिवारसंग क्षमा याचनासहित उनको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति दिएको छ । सोमवार नगरपालिकामा मृतककी श्रीमती पार्वतीलाई नगरपालिका प्रमुख रोहितकुमार साह र उपप्रमुख गीतादेवी भेटवालले रु पाँच लाखको चेक हस्तान्तरण गरे ।

परिवारको भरणपोषणका लागि भन्दै नगरपालिकाले रावजंशी परिवारलाई आर्थिक सहयोग गरेको गरेको हो । सामाजिक काम गर्ने क्रममा निधन भएको भन्दै राजवंशीलाई नगरकै सामाजिक अभियानकर्मीको रूपमा सम्मान दिने निर्णय गर्दै इन्जिनीयर क्षेत्रीलाई बर्खास्त गरेपछि विवाद साम्य भएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ११ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित