कोरोना रोकथाममा नेकपाको कार्यकर्ता परिचालन « Khabarhub

कोरोना रोकथाममा नेकपाको कार्यकर्ता परिचालन


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ ।

प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम अभियानमा परिचालन गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीका अनुसार बैठकले इञ्चार्ज जनार्दन शर्मा र सहइञ्चार्ज यामलाल कँडेललाई अन्तरप्रदेश संयोजन, अन्तर्राष्ट्रिय अनुभव सम्प्रेषण गर्ने, प्रदेश बाहिर रहेका कर्णालीका नागरिकलाई समस्यामा पर्न नदिन उचित व्यवस्थापन गर्ने, मातहतका कमिटीबाट आएको रिपोर्टको विश्लेषण गर्ने, मेडिकल सामग्री, खाद्यान्नलगायत अत्यावश्कीय वस्तुको आपूर्तिबारे केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।

त्यस्तै नेकपाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनलाई सहज बनाउन कर्णाली प्रदेशलाई सुर्खेत, जुम्ला र चौरजहारी गरी तीन वटा केन्द्रमा विभाजन गरेको छ । 

कर्णाली प्रदेश सरकारले यी स्थानका अस्पतालमा सङ्क्रमितको उपचार गर्ने गरी आइसोलेसन वार्ड निर्माण गरिसकेको छ ।

चौरजहारीमा प्रदेश सहइञ्चार्ज कालीबहादुर मल्ल, सुर्खेतमा प्रदेश सचिव मायाप्रसाद शर्मा र जुम्लामा प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय सदस्यलाई आ–आफ्नो जिल्लामा परिचालित हुन निर्देशन दिएको छ ।

प्रदेश कमिटीले स्थानीय तहमा पाँच–सात घरको सहकार्य युनिट निर्माण गर्न सर्कुलर गरेको छ ।

उक्त युनिटले आपसमा मिलेर जनताका समस्या सहजीकरण गर्नेछ । अध्यक्ष बोगटीले भने, “पहाडको ठाउँमा मेलापात गर्नुपर्ने हुन्छ, यतिबेला अन्नबाली पाकिरहेको छ”, अन्नबाली भित्र्याउन त्यही युनिटलाई परिचालित भएर काम गर्ने व्यवस्था गर्दैछौँ, खाद्यान्नको समस्या भए प्रदेशमा रिर्पोटिङ गर्न सर्कुलर गरेका छौँ ।”

सर्कुलरमा वडास्तरमा एउटा व्यवस्थापन समिति तथा शीघ्र उद्धार कार्यदल गठन गर्न भनिएको छ ।

स्थानीय तहमा कुनै समस्या आएमा जिल्लाले संयोजन गरेर विपद् व्यवस्थापन समितिमार्फत समाधान गरिनेछ । जिल्लाले पनि नसके प्रदेश कमिटीमा पठाउने र प्रदेश सरकारमार्फत समाधान खोजिनेछ ।

बैठकले खाद्य अवस्थाको अध्ययन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसले खाद्यान्न आपूर्ति तथा राहत वितरण कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ११ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित