मुलुकभरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन « Khabarhub

मुलुकभरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता अपाउन भनिएको छ ।

कामका सिलसिलामा अदालत परिसरमा बस्दा दूरी कायम गर्न र भीड नगरी सावधानी अपनाउनुपर्ने, मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ७३ बमोजिम बढीमा तीन प्रतिवेदन उपरमात्र एउटा इजलासबाट सुनुवाइ गर्न निर्देशन रहेको छ ।

मुद्दामा बहसका लागि पक्षका कानून व्यवसायीले अधिकतम २० मिनेट समय दिने, थप बुँदा भएमा लिखित रुपमा पेश गर्नुपर्ने, कुनै कानून व्यवसायी आफैँ उपस्थिति नभई इमेल वा भिडियो कन्फरेन्सबाट बहसको बुँदा प्रस्तुत गर्ने वातावरणको व्यवस्था गर्नुपर्ने रहेको छ ।

अदालतमा प्रवेश गर्ने सबैका लागि पञ्जा, सानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न लगाउने, न्यायाधीश, कर्मचारी, कानून व्यवसायी, प्रहरी तथा अभियुक्तलार्ई अदालतभित्र प्रवेश नगर्ने प्रबन्ध मिलाउनुपर्ने रहेको छ ।

त्यसैगरी, संयुक्त इजलासमा बस्ने न्यायाधीशहरुबीच र अरू मुद्दाका सरोकारवालाबीचको दूरी सम्भव भएसम्म एक मिटरभन्दा बढी कायम राख्ने व्यवस्था गर्ने र सवारी साधनको भीडभाड नगरी अलगअलग राख्ने व्यवस्था गर्न निर्देशनमा भनिएको छ ।

पक्राउ पुर्जीको समर्थन, म्याद थप कार्य अदालत खुलेको पहिलो समय बिहान ११ बजेअघि वा बेलुकी ३/४ बजेपछिको समयमा गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र चार जना वा सो भन्दाबढी न्यायाधीश भएको जिल्ला र उच्च अदालतमा पालोपालो गरी एक दिनमा बढीमा ५० प्रतिशत न्यायाधीश र सोहीअनुसार न्यूनतम सङ्ख्यामा कर्मचारी उपस्थित रहने व्यवस्था मिलाउन भनिएको छ ।

सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले गरेको निर्णयअनुसार अदालत सो निर्देशन जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ३२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित