कोभिड-१९ महामारी नयाँ चरणमा प्रवेश गरेपनि सबैले आशाको दियो बल्नुपर्दछ– युनिसेफ « Khabarhub

कोभिड-१९ महामारी नयाँ चरणमा प्रवेश गरेपनि सबैले आशाको दियो बल्नुपर्दछ– युनिसेफ


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले कोभिड विरुद्ध लड्न सबैले आशाको दियो बाल्नुपर्ने बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय महासभाको कोभिड-१९ सम्बन्धी विशेष सत्रका क्रममा कार्यकारी निर्देशक फोरले भनिन्, ‘कोभिड-१९ महामारी नयाँ चरणमा प्रवेश गरेपनि सबैले आशाको दियो बल्नुपर्दछ, भन्नेमा युनिसेफ सबैलाई पुन:स्मरण गराउन चाहन्छ ।’

विशेष सत्रका क्रममा फोरले आफ्नो जीवनकालमा देखेका संकटहरुमध्ये कोभिड-१९ महामारी एउटा वास्तविक संकटको रूपमा देखा परेको बताएकी छन् । उनले भनिन्, ‘विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि हामी सबैलाई प्रभावित पारिरहेको यस महामारीले बालबालिकामाथि गम्भीर प्रभाव पारेको छ। यद्यपि खोपहरूविकसित भएका समाचारहरू आउने क्रम जारी रहेको तथा कोभिड-१९ लाई पछि पारेर हामी अगाडि बढेको अवस्थाको कल्पना गर्दैगर्दा हामी आशाको दियो सबैका लागि बल्नुपर्छ भन्ने सिद्वान्तद्वारा निर्देशित हुनुपर्दछ।’

कोभिड-१९ विरुद्वको खोपमा न्युन तथा निम्न मध्यम आय भएका देशहरूको पहुँच सुनिश्चित गर्न युनिसेफ कोभ्याक्स फसिलिटीको अग्रिम बजार प्रतिवद्वतामा आवद्व भएको उनले बताएकी छन् । खोप उपलब्ध हुने समयमा कुनै पनि देश नछुटुन भनि सुनिश्चित गर्नको लागि यो उत्कृष्ट उपाय रहेको उनको भनाइ छ ।

उनले भनेकी छन्, ‘कुनै देश छुटेमा यो पक्षपाती मात्रै होइन, विवेकहीन कार्य हुनेछ। साथै, अत्यन्तै कमजोर स्वास्थ्य प्रणाली भएका देशहरू उक्त भाइरसबाट सुरक्षित नभएसम्म विश्व नै जोखिममा रहनेछ।’

उनले कोभ्याक्स फसिलिटिमार्फत न्युन तथा निम्न मध्यम आय भएका देशहरूको समतामुलक तथा सुलभ पहुँच सुनिश्चित गर्न नभई खोपको ढुवानी तथा सुई र सुरक्षित बाकसको आवश्यक आर्थिक सहयोग प्रदान गर्न विश्वस्तरबाटै सहयोगको आवश्यकता पर्ने बताएकी छन् ।

सबै देशमा कोभिड-१९ विरुद्वको खोपको सुलभ उपलब्धता सुनिश्चित गर्न सरकारहरूले सहकार्य गर्नुपर्ने बताउँदै उले उच्च आय भएका देशहरूले अग्रिम बजार प्रतिवद्वता र युनिसेफले कोभिड-१९ खोप ढुवानीको लागि गरिरहेको पहलका लागि आर्थिक सहयोग प्रदान गर्नुपर्ने बताइन ।

कोभिड-१९ प्रतिकार्यका लागि आवश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध र आवश्यकता भन्दा बढी थुपार्ने जस्ता कार्यहरूलाई नियन्त्रण/निरुत्साहित गर्न सबै देशहरूले सशक्त कदम चाल्नुपर्ने उनको भनाइ छ ।

“कोभ्याक्स फसिलिटिमा आवद्व देशहरूलाई सुरक्षित, तीव्र एवं समान रूपमा खोप उपलब्ध गराउनको लागि समुदायको सहभागिता तथा खोप आपुर्ति सम्बन्धी आफ्नो क्षमताको युनिसेफले भरपुर उपयोग गरिरहेको छ,’ उनले भनिन्, ‘यो अत्यन्तै विशाल कार्य हो र आगामी दिनहरूमा पनि चुनौतीहरू आउन सक्नेछन्। झन्डै १०० वटा देशमा नियमित खोप कार्यक्रम तथा प्रकोपको समयमा दिनको लागि हरेक वर्ष २ अर्ब खोप खरिद गर्ने विश्वकै सबै भन्दा ठुलो खोप खरिदकर्ता युनिसेफले खरिद कार्यको समन्वय एवं सहयोग, अन्तर्राष्ट्रिय ढुवानीर राष्ट्रिय स्तरमा गरिने वितरण कार्यमा कोभ्याक्स फसिलिटिलाई सहयोग गरिरहेको छ।’

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ११ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित