निप्पोनको ‘सवारीसाधन पेन्ट’ बजारमा « Khabarhub

निप्पोनको ‘सवारीसाधन पेन्ट’ बजारमा


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निप्पोन पेन्टले नेपालको सवारी साधन खरिदपछिको बजारमा आफ्ना रङहरू उपलब्ध गराउने योजना ल्याएको छ ।

बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले भने, ‘निप्पोन पेन्टले सवारी साधनको बाह्य सतहलाई परिपूर्ण तुल्याउनका लागि जापानबाट नेपालमा नवीतम पेन्ट प्रविधि ल्याएको छ ।’

आउँदो केही महिना भित्रमा कोटिङका अलावा कारको हेरचाह तथा काठको बाहिरी सतहका लागि उत्पादनहरू ल्याउने उनले बताए ।

भारतीय सञ्चालनका उपाध्यक्ष एलके घोलेले भने, ‘यो नेपालमा कार धनीका लागि सम्भाव्य राम्रो समाचार हो ।

उनीहरूले आफ्नै घरदैलोमा उचित मूल्यमा उच्च प्रविधिको कार पेन्टको पहुँच पाउनेछन् । यसका अलावा उत्कृष्ट पेन्टरलाई अन्य देशका समकक्षीसँग मिलेर क्षेत्रीय र विश्वस्तरका सीप तालिममा सहभागी हुनका लागि प्रशिक्षित गर्ने र सहजीकरण गर्ने पनि योजना रहेको छ ।’

बजार प्रवेशसँगै निप्पोन पेन्टले विश्वका नवआविष्कार तथा वर्गका उत्कृष्ट उत्पादन बजारमा ल्याउने पनि बताएको छ । निप्पोनले वर्षको अन्त्यसम्म ६ सय बटी र पेन्ट पसलमा आफ्ना उत्पादन उपलब्ध गराएर कम्तिमा २० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ ।

यसका साथै ५० नयाँ डिलर नियुक्त गर्ने योजना रहेको कम्पनीले जनाएको छ । जसमध्ये १ वर्षभित्र कम्तीमा १० डिलर निप्पोनको विशिष्ट रङ मिश्रण प्रविधिमा केन्द्रीकृत हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाली बजारका लागि व्यावसायिक निर्देशक दिवाकर मेहरोत्राले आफ्नो सबल ग्राहक मामिला तथा बडी निर्माता पसल तथा ग्यारेजका कारण सम्भाव्य सबल वृद्धिको सम्भाव्यता प्रस्तुत गरेको बताए ।

नेपालको अटोमोबाइल उद्योगका लागि एक सबल र जीवन्त पर्यावरण प्रणाली निर्माण सुनिश्चित गर्न उद्योगका संगठन र सम्बद्ध सरोकारवालासँग साझेदारी गर्ने पनि कम्पनीले जनाएको छ ।

निप्पोन पेन्टका अटोमेटिभ उत्पादन यसका प्रमुख आयातकर्ता रुचि ट्रेडिङमार्फत काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यकाभर उपलब्ध हुनेछ । निप्पोन पेन्टले यो वर्षको अर्धवार्षिक अवधिमा पोखरा, नारायणघाट, बुटबल, विराटनगर, इटहरी र अन्य क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ ।

हालका लागि अटोमेटिभ रिफिनिसिङ पेन्ट्स र एन्सिलरी सुपेरिओ तथा एन–पावर ब्रान्डमा, गैरपेन्टजन्य उपभोग्य वस्तु तथा समाधानका लागि एन–फोर्स ब्रान्डमा तथा वानके र एरोसोल उत्पादन पायल्याक ब्रान्डमा तत्कालै बिक्री तथा प्रयोगका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

निप्पोन पेन्ट इन्डिया, अटोमेटिभ रिफिनिस, औद्योगिक तथा साजसज्जा क्षेत्रका लागि उच्च गुणस्तरको पेन्ट्स तथा कोटिङको अग्रणी उत्पादक हो । निप्पोन इन्डिया निप्सिया समूहको एक हिस्सा हो । जसले जापानको निप्पोन पेन्टससहित एसिया–प्रशान्त क्षेत्रमा कोटिङमा यसको सर्वाधिक ठूलो हिस्सा ओगटेको पनि कम्पनीले जनाएको छ ।

पेन्ट उद्योगमा १३८ वर्षभन्दा अधिकको अनुभवसहित निप्पोन पेन्ट एसिया–प्रशान्त क्षेत्रमा सबैभन्दा ठूलो कोटिङ कम्पनी तथा विश्वको चौथो ठूलो कम्पनी हो । विश्वका २५ भन्दा अधिक देशमा सञ्चालनसहित निप्पोन पेन्टले ७० भन्दा बढी कम्पनीको समूहमार्फत व्यापक अनुपातका ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ ।

१९ हजारभन्दा बढी कार्मचारी रहेको निप्पोनमा अत्याधुनिक उत्पादन उपलब्ध गराउने तथा विवेकशील ग्राहकलाई सर्वोत्कृत श्रेणीको सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको दाबी पनि कम्पनीले गरेको छ ।

निप्पोन पेन्टले सबै खालका सतह आधारका लागि कोटिङ सोलुसन उपलब्ध गराउने तथा अधिकांश जापानी संगठनले जस्तै नवीन सिर्जनशील, विशिष्टता र सन्तुष्टिको सिद्धान्तसहितको मूल्यमान्यताबाट सञ्चालित छ ।

उत्पादन विकास, नवसिर्जनायुक्त प्रविधिको प्रयोग तथा अत्याधुनिक कोटिङ सोलुसन ल्याउनका लागि प्रकृतिको हेरचाह निप्पोन पेन्टको मार्गदर्शक सिद्धान्त भएको जिकिर पनि कम्पनीले गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित