कोरोना फैलिएको ठाउँमा ‘एक घर, एक परीक्षण’ गर्न कांग्रेसको माग « Khabarhub

कोरोना फैलिएको ठाउँमा ‘एक घर, एक परीक्षण’ गर्न कांग्रेसको माग


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ।

सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले तीनै तहको सरकारलाई कोरोना संक्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपील गर्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

‘कोभिड प्रतिकुलताका कारण ननकोभिड बिरामी पनि गम्भीर ढंगले प्रताडित भइरहेका छन् । ‘ सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भेन्टिलेटर नपाएर मृत्यु, एकपछी अर्को अस्पताल दौडन बाध्य भएर मृत्यु, संक्रमण आशंकामा उपचार नपाएर मृत्यु जस्ता घटना पटक–पटक हुनु भनेको राज्यको अस्तित्व माथिको गम्भीर प्रश्न हो ।’

राजधानी लगायत मुलुकको आधा भू–भागमा निषेधाज्ञा र लक डाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको ठहर गर्दै बैठकले नागरिकलाई स्थानीय तह मार्फत व्यवस्थित ढंगले राहत वितरण गर्ने गरी व्यवहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारलाई अपील गरेको छ।

बैठकले अदालतको आदेश र श्रमिकको पीडा आत्मसात् गरेर विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई निःशुल्क उद्वारको प्रक्रिया अघि बढाउन सरकारसमक्ष माग गरेको छ ।

बैठकले कोरोना महामारीका कारण चुनौती ब्यहोरिरहेका सञ्चारमाध्यमलाई संरक्षण गर्न र त्यसमा कार्यरत देशभरका पत्रकार कसैलाई पनि बेरोजगार बन्न नदिने दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको छ ।

यसैगरी बैठकले फ्रन्टलाइनमा कार्य गरिरहेका पत्रकारको परीक्षण, सुरक्षा ब्यवस्थापन र उपचारमा विशेष निर्णयका साथ कार्य गर्न समेत सरकारको ध्यानाकर्षण गरएको छ ।

सरकारले निजी अस्पताललाई समेत पीसीआर परीक्षणको अनुमति दिइसकेका अवस्थामा कोरोनाको बीमा गरेका नागरिकलाई रकम भुक्तानी दिन निश्चित आशंकाकै कारण रोक्नु गलत रहेको ठहर गर्दै बैठकले यसलाई सरलीकरण गरेर कोरोना बीमितलाई भुक्तानी दिलाउन माग गरेको छ ।

बैठकले कृषि उत्पादनमा विशेष जोड दिनै पर्ने विद्यमान परिस्थितिमा कृषि उत्पादनका लागि कृषकको हित केन्द्रित विशेष परियोजना निर्माण र लागू गर्न सरकार समक्ष माग गरेको छ ।

त्यसैगरी कोरोनाले कष्टकर स्थितिमा पुगेका आंशिक प्राध्यापकहरुसँग अविलम्ब वार्ता गरेर समाधानमा पुग्न बैठकले त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ८ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित