बागमती प्रदेशका मुख्यमन्त्रीको दाबी– कोरोनाको महामारी नफैलिने आधार तयार भएको छ « Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्रीको दाबी– कोरोनाको महामारी नफैलिने आधार तयार भएको छ


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएका छन् । सोमबार एक सन्देश जारी गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएका हुन् ।

‘कोरोना भाइरसका कारण साधन स्रोतले सम्पन्न भएका र आर्थिक रुपमा समेत सशक्त देशलाई हायलकायल पारिरहँदा यो भाइरस नेपालमा प्रवेश गरे लाखौंमा सङ्क्रमण फैलने र हजारौँ मानिस मारिन सक्ने चर्चापरिचर्चा भएकै हो तर प्रधानमन्त्री ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको छ,’ सन्देशमा भनिएको छ ।

‘यद्यपि संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसका कारण आइपर्ने सम्भावित महामारीको त्रासदी कायम नै छ तर सरकार कोरोनाविरुद्ध हरतरहले तयार भइसकेको छ, केही महिनाअघिसम्म पनि कोरोना परीक्षणका लागि बिरामीको स्वाब (नमूना) सङ्कलन गरेर तेस्रो मुलुकमा पठाउनुपर्थ्यो, केही दिनअघिसम्म मात्र पनि देशभरिबाट सङ्कलित नमूनाको केन्द्रीय प्रयोगशाला टेकुमा मात्र परीक्षण गर्नुपर्ने बाध्यता थियो, टेकुमा मात्र सीमित रहेको ल्याब अब देशका सातै प्रदेशमा उपलब्ध भइसकेको छ,’ पौडेलले सन्देशमार्फत भनेका छन् ।

प्रदेश नं १ को धरान, प्रदेश नं २ को जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को भैरहवा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कोरोना परीक्षण ल्याब स्थापना भई परीक्षणको कामसमेत नियमित सञ्चालन भइसकेको छ ।

‘सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशमा टेकु र हेटौँडाबाट मात्रै कोरोना परीक्षण हुँदै आएकामा आजबाटै चितवन र केही दिनमै काभ्रेको धुलिखेलबाट समेत कोरोना परीक्षण हुँदैछ, सरकार अब धेरैभन्दा धेरै व्यक्तिको कोरोना परीक्षण गर्ने र उपचार तथा अन्य प्रक्रियालाई निरन्तरता दिने गरी अगाडि बढ्नेछ, प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरुले भने लकडाउनको पूर्ण पालना गरी कोरोना भाइरसलाई माहामारीका रुपमा फैलनबाट जोगाउनहुन हार्दिक अनुरोध गर्दछु,’ सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित