आफूहरुको उद्धार गर्न सरकारसँग पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको अपिल « Khabarhub

आफूहरुको उद्धार गर्न सरकारसँग पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको अपिल


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्ययनका लागि पाकिस्तान पुगेका नेपाली विद्यार्थीहरुले कोरोना संक्रमणको त्रास बढेको भन्दै उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

एमबीबीएस अध्ययनका लागि पाकिस्तान गएका ७० जना नेपाली विद्यार्थीले कोरोनाको संक्रमण बढिरहेको समयमा रमजानका लागि भन्दै मस्जिदहरु खुला गरिएकाले संक्रमण झन फैलिनसक्ने चिन्ता शुरु भएको जनाएका छन् ।

पाकिस्तानको राजधानी इस्लामावाद लगाएतका विभिन्न स्थानमा रहेका कलेजमा एमबीबीएस अध्यनका लागि गएका नेपाली विद्यार्थीहरुले त्यहाँस्थित दूतावासलाई उद्धारका लागि आग्रह गरेको भएपनि केही नगरेको गुनासो गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा समेत आफूहरुको समस्याका बारेमा जानकारी गराएको भएपनि सरकारले कुनै चासो नदिएको उनीहरुको गुनासो छ ।

नेपाली विद्यार्थी पौडेल

पाकिस्तानको लाहौरस्थित ‘युनिभर्सीटी अफ हेल्थ साइन्स’मा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी सुशिल पौडेलले भने,‘कोरोनाको केस अहिले यहाँ एकदमै बढिरहेको छ । झण्डै १७ हजार संक्रमित छन् । दुईमहिना भइसक्यो, कलेज बन्द भएको । अनलाइन कक्षा भइरहेको भएपनि अनलाइन क्लास नेपालमै बसेर पनि लिन सकिन्छ । हामी नेपाल फर्कन चाहन्छौं ।’

पाकिस्तानमा कोरोना संक्रमण फैलिदै गएका कारण एकवर्षसम्म कलेज बन्द हुने हल्ला समेत सुनेको भन्दै उनले पाकिस्तानस्थित राजदूतावाससँग समेत निरन्तर सम्पर्क गरेको तर समस्याको समाधान हुन नसकेको बताए ।

उनले भने,‘ यहाँ अझ एकवर्ष नखुल्ने हल्ला समेत गरिरहेका छन् । यहाँको राजदूतााससँग निरन्तर सम्पर्क गरिरहेका छौं । हामीले राजदूत सेवा लम्साललाई पटक–पटक उद्दारका लागि आग्रह गरेपनि खास पहल भएको छैन ।’

पाकिस्तानमा एमबीबीएस अध्ययन गर्ने ७० जना विद्यार्थीहरुले समूह नै बनाएर दूतावासमा सम्पर्क गरेपनि कुनै पहल नभएको गुनासो गरेका छन् ।

कोरोना त्रास र लकडाउनका कारण विभिन्न देशका मस्जिदहरुमा सामूहिक प्रार्थना गर्न प्रतिबन्ध लगाएका छन् ।

इस्लाम धर्मको मूल थलो मानिने साउदी अरबमा समेत सामूहिक प्रार्थनामा प्रतिबन्ध लगाइएको छ तर पाकिस्ताले भने रमजानका लागि मस्जिदमा प्रार्थना गर्न अनुमति दिएको छ ।

शनिबारदेखि शुरु भएको रमजानमा विश्वलाई नै चुनौती दिँदै पाकिस्तानले मस्जिदमा प्रार्थन गर्न अनुमति दिएको भन्दै आलोचनासमेत भइरहेको छ ।

पाकिस्तानका वरिष्ठ चिकित्सहरुले रमजानमा हुने मानिसहरुको भीड खतरनाक हुने र यसले संक्रमण बढाउने चेतावनी दिएका छन्। यसो भएमा स्थिति नियन्त्रण बाहिर जाने भन्दै उनीहरुले सरकारलाई सचेत गराएका थिए ।

पाकिस्तानमा १६ हजार ८ सय १७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये ३ सय ८५ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : ३२ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको