पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी- ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम हुँदै « Khabarhub

पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी- ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम हुँदै


१२ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह भासिएको स्थानमा तत्काल टेवापर्खा लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गर्न ढुङ्गाको पहरो फुटाउने प्रयास जारी रहेको छ ।

पहिरोलाई विस्फोटन गराउन मङ्गलबारदेखि शुरू भएको प्वाल खोप्ने काम तीव्ररूपमा भइरहेकाले आज मध्याह्नसम्म विस्फोटन गराउने लक्ष्य लिइएको छ । नेपाल चीन केरूङ ओहोरदोहर गर्ने मालवाहक कन्टेनर, यात्रुवाहक बस तथा अन्य सवारीसाधन भने आंशिकरूपमा छोड्ने व्यवस्था मिलाइसकिएको बताउँदै जिल्लाका प्रमुख प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरूष ढकालले पहिरो स्थलमा प्रहरीसमेत परिचालन गरिएको जानकारी दिए । पहराको ढुङ्गामा मङ्गलबार र बुधबारको प्रयासबाट पाँच/छ मिटर गहिराइ भएका ४८ वटा प्वाल खोप्ने कार्य सम्पन्न भएको बताइएको छ । आज बिहानसम्ममा थप १५/१६ प्वाल परेपश्चात् आजै विस्फोटन हुने स्थानीय प्रशासनले बताएको छ ।

पहिरोमा प्वाल पार्ने काममा रसुवागढी हाइड्रो पावरमा कार्यरत चिनियाँ नागरिकसमेत परिचालन गरिएको र विस्फोटन पदार्थ प्रयोगका लागि सोमबारबाटै हेटौँडाको भैँसेमा कार्यरत नेपाली सेनाको कालिप्रसाद इञ्जिनीयरिङ गणका दक्ष जनशक्ति तैनाथ भइसकेका छन् । यता लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा कार्यरत नेपाली सेना कालिजङ्ग गणले राजमार्ग व्यवस्थापनमा उल्लेखनीय सहयोग गरिरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

राजमार्ग व्यवस्थित गर्न स्थानीय प्रशासन, नेपाली सेना कालिजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रसुवागढी हाइड्रो पावर र सडक विभागका डोजर तथा स्काभेटर अपरेटर समेतको योगदान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७६, बिहिबार  ६ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित