हिन्दूराष्ट्रको मागसहित भोलिदेखि राप्रपाको मेची महाकाली यात्रा « Khabarhub

हिन्दूराष्ट्रको मागसहित भोलिदेखि राप्रपाको मेची महाकाली यात्रा


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ ।

यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । २ हजार ८ सय किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २ सय सभा गरिने भएको छ । उक्त यात्रा सकिएपछि यस किसिमको यात्रा बाँकी अन्य जिल्लामा समेत गरिने पार्टीले जनाएको छ ।

पार्टीका शीर्ष नेता तथा विभिन्न धार्मिक गुरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने उद्देश्यले उक्त यात्रा थालिएको जानकारी दिए।

राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई जानकारी दिनुका साथै यज्ञ, हवन तथा अनुष्ठान पनि गरिने भएको छ । पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम छ । यात्राका क्रममा विभिन्न नदी तथा तीर्थस्थलबाट ल्याइने जल पशुपतिनाथ मन्दिरमा समापनका दिन चढाइने छ ।

पार्टीका नेता भुवन पाठकले नेपाल बैद्धिक कालदेखि नै देवभूमि र तपोभूमि भएको बताउँदै विश्वमा एकमात्र हिन्दू राष्ट्र नेपालको विशिष्ट पहिचान मेटाउन खोजिएकाले उक्त यात्रा गर्न लागिएको बताए । उनले यात्राका क्रममा गरिने यज्ञबाट प्राप्त हुने ऊर्जाले सकारात्मक सोचको विकास हुनाका साथै सांस्कृतिक एकता, सामाजिक सहिष्णुता कायम हुने पनि विश्वास गरेका छन् ।

सङ्गठितरुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने,, गौ हत्या नियन्त्रण गरिनुपर्ने, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तीमा एउटा गौशाला निर्माण गरिनुपर्नेलगायत सन्देश यात्राका क्रममा फैलाइने भएको छ ।

सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्बा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरिनुपर्ने, यस क्रममा पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरिनुपर्ने विषयमा पनि पार्टीले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हाल आरक्षणको सुविधाबाट वञ्चित तर आर्थिकरुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षण गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याइनुपर्नेलगायत सामाजिक विषयवस्तुमा देशव्यापी रुपमा सशक्त कार्यक्रम सञ्चालन भइरहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित