प्रधानमन्त्री रोजगार कार्यक्रमः प्रतिपक्षीको नजरमा भ्रष्टाचार, सत्तापक्षको नजरमा युवामा उत्साह ! « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमः प्रतिपक्षीको नजरमा भ्रष्टाचार, सत्तापक्षको नजरमा युवामा उत्साह !


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा बजेटको व्यापक दुरुपयोग भएको भन्दै आलोचना भइरहेको छ ।

युवालाई रोजगारी दिने कार्यक्रम भन्दै सरकारले प्रचार गरिरहेको कार्यक्रममा ठूलो रकम भ्रष्टाचार भइरहेको आरोप प्रमुख प्रतिपक्षी नेपाली कांग्रस र सरोकारवालाले लगाइ रहेका छन् ।

रोजगार कार्यक्रममा सहभागीलाई मकै गोड्न लगाएको, चौरको झार टिप्न लगाएको र फोटो खिचेर सामाजिक हल्ला गर्ने कार्यक्रम मात्र बनिरहेको भन्दै आरोप लागिरहेको बेला संसदमा पनि यसबारे बहस भएको छ ।

सांसदहरु यसको पक्ष र विपक्षमा विभाजित भएका छन् ।  बुधबारको राष्ट्रिय सभामा बैठकमा सांसदहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमको पक्ष र विपक्षमा आफ्नो धारणा राखे ।

सत्तापक्षका सांसदहरुले यो कार्यक्रमलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् भने प्रतिपक्षीका सांसदहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा बजेट सक्ने काम भएको आरोप लगाएका छन् ।  सांसद बद्री पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा बजेट दुरुपयोग भइरहेको आरोप लगाए ।

सांसद बद्रीप्रसाद पाण्डे भने– हामी सबैलाई आफ्ट्यारो, अनौठो र विडम्बना लाग्ने प्रधानमन्त्री रोजगार कार्यक्रम । तीन अर्ब बजेट थियो गतवर्ष । यो वर्ष ५ अर्ब पुर्‍याइएको छ । त्यसले न रोजगारी प्रवन्धनको व्यवस्था गर्न सकेको छ, न आम रुपमा युवाहरुलाई नेपालभित्रै सिप देखाउन सक्छु, नेपालभित्र केही गर्न सक्छु भने विश्वास जगाउने गरेर यो कार्यक्रम आएको भन्ने लागेको थियो ।

आर्थिक वर्षको अन्तिममा, बजेट भाषण गरिसकेपछिको केही हप्तामा ठाउँठाउँमा मकै गोड्ने, झाडी सफल गर्ने, नालीको माटो सडकमा फाल्ने दृश्य देखियो त्यसमा प्रभावकारी रुपमा युवाहरुलाई रोजगारी नेपालमा नै पाइन्छ भनेर आशा जगाउन खोजेको पाइयो न दीगो विकासको निमित्त स्थिति बनाउन खोजेको देखियो । यसले गर्दा बजेट दुरुपयोग भएको देखिन्छ ।

त्यो बजेट दुरुपयोग भएको स्थानमा कुनै ठोस संरचना निर्माण नगरि हचुवाको भरमा चालू आर्थिक वर्षमा जुन काम भयो आगामी वर्षमा त्यसरी बढाउने गरि बजेट बढाइयो त्यसलाई आधार मान्दा सरकारको योजना नीति एउटा र बजेट अर्को ढंगले वितरण गरेर सदुपयोग होइन दुरुपयोगको खतरा भएको छ । यसमा सचेत भइएन भने आगामी आर्थिक वर्षपनि खेर जाने छ ।

उता सत्ता पक्षका सांसद खिमलाल भट्टराईले भने प्रधानमन्त्री रोजगार कार्यक्रमले युवामा आशाको सञ्चार जागेको दाबी गरेका छन् । संसद बैठकमा उनले भने–यो कार्यक्रमले आशाको सञ्चार पैदा भएको छ । स्थानीय तहमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमबाट जसरी कार्यक्रमहरु अघि बढाइएको छ । यसले उत्साह पैदा गरेको छ । युवासमुदायलाई श्रम तिर अभिमुख गराउन आशाको सञ्चार गर्ने काम गरेको छ । यो कार्यक्रमले युवा समुदायमा र देशको समस्यामा सम्बोधन गर्न योगदान गरेको छ ।

त्यस्तै गरि सांसद प्रकाश पन्तले सामाजिक सञ्जालहरुमा समेत रोजगार कार्यक्रमको दुरुपयोग बारे बहस भइरहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले भने,‘रोजगार कार्यक्रम दुरुपयोग भयो । यसलाई बजेटले व्यवस्थित गर्न सक्नुपर्छ ।’

सांसद विमला राई पौडेलले यसअघि नाली सफा गर्न र मकै गोड्नका लागि श्रमिक भारत र बंगलादेशबाट आउने गरेको भन्दै नेपालीले यो काम गर्दा राम्रै हुने बताइन् । उनले भनिन्,‘नाली सफा गर्न र मकै गोड्नका लागि भारत र बंगलादेशकाले गर्नु भन्दा पनि नेपालीले गर्दा पनि राम्रै हो । तर यतिमा रोकिनु हुँदैन । उद्योगधन्दाहरु बन्नुपर्छ र दिगो खालको रोजगारी बन्नुपर्छ ।’

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित