दशैंमा डिलक्स र सुपरडिलक्सको भाडा २० प्रतिशतले थपिने « Khabarhub

दशैंमा डिलक्स र सुपरडिलक्सको भाडा २० प्रतिशतले थपिने


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले भाडा पूरानै कायम गरिएको जनाएपनि डिलक्स र सुपरडिलक्सको लागि भने २० प्रतिशतले थप हुन सक्ने जनाएको छ ।

यात्रुलाई भाडादरमा द्विविधा नहोस् भनेर विभागको वेबसाईटमा समेत सुचना राखेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

त्यसका साथै विभागले प्रचारप्रसार गर्न फ्लेक्स प्रिन्ट गरेर मुख्य मुख्य ठाउमा राखिने उनको भनाई छ ।

तोकिएको भन्दा बढि भाडा लिनेलाई कानूनअनुसार कडा कारबाही हुने पनि उनले चेतावनी दिए ।

दशै, तिहार, छठ, लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरे ।

‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं’ उनले भने,‘ हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’

कार्यक्रममा बोल्दै उनले काठमाडौं बाहिर जाने कोहीपनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने जिकिर गरे ।

उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको सुनाए ।

नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए । उनले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

हमालले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए । हिजोमात्रै नेपालगञ्जमा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेशबीच छलफल भएको सुनाउँदै सबैले मिलेर व्यवस्थापन गर्ने कुरा भएकोपनि उनले जनाए ।

उनले दशैं लक्षित गरेर सरकारले असोज १० गतेभित्रै सबै खाल्डाखुल्डी पुरिसक्नेगरि काम गरिरहेको पनि सुनाए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित