उपनिर्वाचन : दुई दलले गरे केन्द्रमा उम्मेदवारको नाम सिफारिस « Khabarhub

उपनिर्वाचन : दुई दलले गरे केन्द्रमा उम्मेदवारको नाम सिफारिस


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– आउँदो मङ्सिर १४ गते बागलुङ जिल्लाको क्षेत्र नं. २ (ख) मा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाले सम्भावित उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने अझै उम्मेदवार सिफारिस गर्न सकेको छैन । नेपाली काङ्ग्रेसले महाधिवेशन प्रतिनिधि जीतबहादुर शेरचन, क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्तीको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय समितिबाट आएको नामावलीलाई अनुमोदन गरेर पार्टी केन्द्रमा पठाइएको नेपाली काङ्ग्रेस बागलुङका सभापति दीपेन्द्र थापामगरले बताए । “सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छौँ”, उनले भने, “उम्मेदवारको अन्तिम टुङ्गो पार्टी केन्द्रले नै लगाउँछ ।”

तीन जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि आकाङ्क्षी बढी भएपछि काङ्ग्रेसले चार जनाको नाम पठाएको छ । पहिलो नम्बरमा सिफारिस भएका शेरचन यसअघिको निर्वाचनमा समेत उम्मेदवार थिए । शेरचन तत्कालीन वाम गठबन्धनबाट विजयी बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग पराजित भएका थिए ।

प्रदेशसभा सदस्य घर्तीको गत वर्ष स्वास्थ्य समस्याका कारण निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । आफ्नै उम्मेदवारले जितेको क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले पनि सम्भावित तीन जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको जिल्ला समिति बैठकले स्वर्गीय प्रदेशसभा सदस्य घर्तीकी पत्नी सुनमाया घर्ती, जिल्ला उपाध्यक्ष धर्मबहादुर कुँवर र जिल्ला सदस्य खिमविक्रम शाहीको नाम सिफारिस गरेको हो । उम्मेदवारको अन्तिम निर्णय पार्टीको केन्द्रीय संसदीय बोर्डले गर्ने राजमोले जनाएको छ ।

नेकपाले भने उम्मेदवारबारे बुधबार बस्ने जिल्ला समिति बैठकमा छलफल हुने जनाएको छ । “यही कात्तिक १० गतेभित्रै उम्मेदवारको सिफारिस पठाउन केन्द्रले समयसीमा तोकेको छ”, नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे ‘अनिल’ले भने “स्थानीय तहको पार्टी संयन्त्रसँगको छलफल र सुझाव लिएर नामावली पठाउँछौँ ।”

नेकपा केन्द्रले एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । नेकपाबाट उम्मदेवारमा तुलसीराम अर्याल र मोहनलाल रेग्मीको नाम बढी चर्चामा छ । दुवै नेकपाका पुराना नेता हुन् ।

जिल्लामा क्रियाशील अन्य दलले पनि उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक गृहकार्य थालेका छन् । उम्मेदवारको निर्णय भएपछि चुनावी अभियानलाई तीव्र बनाउने तयारीमा दलहरु छन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति यही कात्तिक २१ गतेलाई तोकेको छ ।

प्रदेशसभा सदस्यसँगै जिल्लाको बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपनिर्वाचन हुन लागेको हो ।

गत निर्वाचनमा वाम गठबन्धन बनाएर लडेका नेकपा र राष्ट्रिय जनमोर्चाबीच उपनिर्वाचनमा तालमेल हुने/नहुने निश्चित छैन । राष्ट्रिय जनमोर्चाले मङ्गलबार नै नेकपालाई चुनावी एकताका लागि प्रस्ताव गरेको छ ।

विसं २०७४ को प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमार्चाबीच गठबन्धन बनेको थियो । गठबन्धन बनेपछि जिल्लाका सबै निर्वाचन क्षेत्रमा वाम दलले विजय हासिल गरेका थिए ।

प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं. १ मा एमाले, दुईमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) मा एमाले, (ख) मा राष्ट्रिय जनमोर्चा, क्षेत्र नं. २ (क) माओवादी केन्द्र र (ख) राष्ट्रिय जनमोर्चाले पाएको थियो । उपनिर्वाचनका लागि ३६ हजार ९२६ मतदाताको नामावली टुङ्गिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ७ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित