काठमाडौंमा वर्षा, शनिबारे बिदा मनाउन निस्कने प्रभावित « Khabarhub

काठमाडौंमा वर्षा, शनिबारे बिदा मनाउन निस्कने प्रभावित


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुन सक्रिय भएसँगै आज (शनिबार) राजधानी काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा पानी परिरहेको छ । जारी बर्षाका कारण आज शनिबारे बिदा मनाउन घरबाट बाहिर निस्केकाहरु प्रभावित भएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मेघ गर्जनसहित पानी पर्ने छ ।

बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । वर्षा हुने गतिविधि क्रमशः बढ्दै जानेछ । अबको एक/दुई दिनमा मनसुन पश्चिम क्षेत्रसम्म पुग्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू–भागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । दिउँसोपख मध्य भू–भागका केही क्षेत्रबाहेक देशका अन्य भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार देशका पूर्वी र मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका पश्चिमी भू–भागमा आंशिक बदली रही पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमको अवस्था यस्तो छ :
असार ७ गते (शनिबार)
दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने र पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पुर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

असार ८ गते (आइतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

असार ९ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका तराईका भू-भागहरूमा र पश्चिमि नेपालमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। दिउँसोपख मध्य भू-भागका केहि क्षेत्र बाहेक देशका अन्य भू-भागहरूमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदलि रहि देशका पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पू्र्व केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानहरूमा वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  १ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित