चीनले नेपाली सेनालाई २ अर्ब ४० करोडको सैन्य सामाग्री दिने « Khabarhub

चीनले नेपाली सेनालाई २ अर्ब ४० करोडको सैन्य सामाग्री दिने


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन सरकारले विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५० मिलियन युआन अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको सैन्य सामाग्री दिने भएको छ । मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई उक्त रकम बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा दुईपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आइतवार बेइजिङमा हस्ताक्षर भएको हो ।

चीनका राष्ट्रपति सी चीनफिङको गत असोज २५ र २६ मा भएको नेपालको राजकीय भ्रमणका क्रममा चीनले नेपाललाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको थियो । उक्त सहयोग तीन वर्षभित्रमा प्राप्त हुनेछ ।

गत वर्षको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षामन्त्रीबीच नेपाली सेनालाई पन्ध्र करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा छ ।

हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई भर्खरै सम्पन्न चीनका राष्ट्रपतिको राजकीय भ्रमणबाट थप उचाइमा पुर्‍याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताए । उनले नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि चीनसरकारप्रति धन्यवाद व्यक्त गरे ।

नेपाल–चीनबीचको मित्रतालाई प्रवद्र्धन गर्ने कुरा दुई देशका जनताको विकास, समृद्धि र पारस्परिक हितलाई प्रवद्र्धन गर्ने साझा उद्देश्यमा केन्द्रीत रहेको कुरा पनि उनले भेटवार्ताका क्रममा राखे ।

नेपाल एक चीननीतिको पक्षमा सदैव प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपालले आफ्नो भूमि तथा सीमा नाकामा छिमेकी मुलुक विरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको कुरा राखे ।

चीनका रक्षामन्त्रीले नेपाल र चीनबीच प्राचीन कालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उहानमा आयोजित सातौँ मिलिटरी वल्ड गेम र बेइजिङमा आयोजना हुन गइरहेको नवौँ सियाङ्गसन फोरममा नेपालबाट उच्चस्तरमा भएको सहभागिताका लागि चीन सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

उनले नेपालको आर्थिक, सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउन पाएकोमा चीनको तर्फबाट प्रसन्नता व्यक्त गरे । चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उनले नेपाली सेनाको क्षमता विकासका लागि चीन सरकार सदैव सकारात्मक रहेको विचार व्यक्त गरे ।

वार्ताका क्रममा चीनका राष्ट्रपतिबाट हालसालै भएको नेपालको राजकीय भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउन सहयोग पुगेको बताउँदै उनले चीनका रक्षामन्त्रीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिए । चीनका रक्षामन्त्रीले सो निमन्त्रणा सहर्ष स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जनाएको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनका रक्षामन्त्रीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पोखरेल नेतृत्वको टोली हाल बेइजिङमा छ । भेटवार्तामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली सेनाका रथी गौरव तण्डुललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ५ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित