भेइकल ट्रयाकिङ देखि अनिवार्य प्यान खारेज गर्न प्रधानमन्त्रीसँग चेम्बरको माग « Khabarhub

भेइकल ट्रयाकिङ देखि अनिवार्य प्यान खारेज गर्न प्रधानमन्त्रीसँग चेम्बरको माग


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल चेम्वर अफ कमर्सले भेइकल ट्रयाकिङदेखि अनिवार्य प्यान खारेज गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

सरकारले कार्यान्वयनमा ल्याएका केही नीतिहरुबाट व्यवसायीहरुलाई समस्या परेको भन्दै चम्बरले समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले शनिवार प्रधानमन्त्री ओलीलाई भेटी इलेक्ट्रोनिक भेइकल ट्रयाकिङ सिस्टमको सन्दर्भमा ठूलास्तरका उद्योगबाट उत्पादित वस्तुको ढुवानीमा उद्योग स्थलदेखि गन्तव्य स्थलसम्म र आयातित वस्तुको हकमा भन्सार बिन्दुदेखि गन्तव्य स्थलसम्म बाहेक स्थानीय छोटो दुरीको ढुवानीमा उत्पादनकर्ता, आयातकर्ता, थोक बिक्रेता, बितरक तथा स्टकिष्टहरुको मालसामान ढुवानीमा प्रस्ताबित व्यवस्था लागू नगर्न आग्रह गरेको छ ।

ढुवानी व्यवसायका सन्दर्भमा समस्या र सुझाव राख्दै श्रेष्ठले ढुवानीमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउँदा उपभोक्तालाई प्रत्यक्ष भार पर्ने र ढुवानी व्यवसायलाई भ्याटको दायरामा राखिँदा ढुवानीकर्ताहरुलाई व्यवहारिक कठिनाइएसमेत पर्ने भन्दै यसलाई अबिलम्व खारेज गन्र आग्रह गरे ।

हरेक कामदारले प्यान (व्यक्तिगत स्थायी लेखा नम्बर) अनिवार्य लिनुपर्ने र बैंकमार्फत पारिश्रमिक भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गर्न संभव नरहेको भन्दै चेम्बरले न्यून आय भएका व्यक्तिहरु मानसिक रुपले प्यान लिन पनि तयार नभएको, उद्योग तथा अन्य व्यवसायहरुमा छिमेकी मुलुकबाट आउने मजदूरहरु पनि कार्यरत रहेको र धेरै जसोसंग ठोस परिचय पत्र पनि नरहेकोले प्रस्ताबित व्यवस्थालाई खारेज गर्न आग्रह गर्यो ।

चेम्बरले रु ९५० भन्दा बढि मूल्यको बिजकमा अनिवार्य प्यान चाहिने व्यवस्था बिद्यमान बजार भाउको दृष्टिकोणले असान्दर्भिक भएको बताउँदै कम्तिमा पाँच हार रुपियाँभन्दा बढिको खरिदमा मात्र प्यान अनिवार्य गर्न आग्रह गरेको छ ।

त्यसैगरी, उद्योग, होटल तथा एवं अन्य व्यवसायीक क्रियाकलाममा उपयोग भएको पेट्रोलियम पदार्थमा लागेको मूल्य अभिवृद्धि कर दावी गर्न नपाउने व्यवस्था पनि मूल्य अभिवृद्धि कर ऐनको मर्म बिपरित भएको भन्दै व्यवसायीहरुले पर्यटन र लगानी प्रबद्र्धनका लागि अघि बढ्नुपर्ने सुझाव दिए ।

प्रधानमन्त्री ओलीले चेम्बरको सुझाब ग्रहण गर्दै सिस्टममा रहेर व्यापार व्यवासाय गर्न र उद्योग चलाउन सुझाव दिए । उनले निजी क्षेत्रलाई परेको समस्या समाधान गर्न सहजीकरणको रुपमा अघि बढ्ने बताएको चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ६ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित