मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो « Khabarhub

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो


३१ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘मौकामा चौका’ हान्नुपर्छ भन्ने भनाइ पछिल्लो समय गुठीका जग्गामा लागू भएको छ। पहिले गुठीको जग्गा चलाए पाप लाग्ने डर थियो। अहिले भेटेसम्म लुट्नुपर्छ भन्ने देखिएको छ। ‘धन देखेपछि महादेवका तीन नेत्र’ भनेझैं गुठीको जग्गा हत्याउन व्यक्तिदेखि सरकारसम्म लागिपरेका पाइएको अन्नपूर्ण पोस्टमा खबर छ ।

गुठी संस्थान केन्द्रीय कार्यालयका अनुसार गुठीका जग्गा व्यक्ति, क्लब, संघ, संस्था र सरकारबाट अतिक्रमण भएका छन्। ‘५६३ बिघा तराईको जमिन र ७० रोपनी राजधानीकै जमिन अतिक्रमणमा परेको हो’, संस्थानका प्रवक्ता सरोज थपलियाले अन्नपूर्णसँग भने, ‘यी जग्गा अतिक्रमणमा व्यक्तिदेखि सरकारसम्म देखिएका छन्।’ गुठी संस्थानको पछिल्लो तथ्यांकअनुसार ६९ जिल्लामा दुई हजार तीन सय ५० रोपनी जग्गा राजगुठी छन्। यी राजगुठीमा १४ लाख ५० हजार रोपनी (बिघालाई पनि रोपनीमा परिणत गरेर) जग्गा छ। ६९ मध्ये सातवटा जिल्लामा गुठी संस्थानकै कार्यालय छन् भने बाँकी ६२ मा मालपोत कार्यालयको निगरानी छ।

संस्थानका प्रवक्ता थपलियाका अनुसार पर्सामा २६० बिघा, जनकपुरमा २०१ (१८१ बिघा सरकारले र २० बिघा व्यक्ति, क्लब र संघसंस्थाले) बिघा, महोत्तरीमा ७२ बिघा र बारामा ३० बिघा अतिक्रमणमा परेको छ भने उपत्यकाभित्र ५० रोपनी व्यक्ति र संघसंस्थाले र २० रोपनी नक्सालस्थित नारायण चउरले अतिक्रमण गरेको छ। उनले भने, ‘मालपोत कार्यालयको जिम्मामा रहेका ६२ जिल्लाको अवस्था के कस्तो छ कति अतिक्रमणमा परेको छ र कति नासिए भन्ने तथ्यांकका लागि अध्ययन भइरहेको छ।’

विप्लव कार्यकर्ताको अदालतमै बास शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ। रिहाइको आदेश भए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नौ कार्यकर्ता अदालतबाहिर निस्किन सकेका छैनन्। उनीहरूलाई उच्च अदालत पोखराले बिहीबार रिहा आदेश गरेको हो। तर, फेरि पक्राउ गर्न गेटबाहिर प्रहरी बसेपछि उनीहरू अदालतभित्रै बसेका हुन्। कास्की जिल्ला प्रहरीको टोलीले जेठ २५ गते घान्द्रुकबाट जंगबहादुर भण्डारी, प्रकाश बाँस्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईसहित १८ जनालाई पक्राउ गरेको थियो। नौ जनालाई सार्वजनिक र नौ जनालाई राज्यविरुद्धको मुद्दा चलाइएको थियो।

राज्यविरुद्धको कसुरमा जिल्ला अदालतबाट म्याद थप भएपछि उनीहरूको रिहाइका लागि उच्च अदालतमा सोमबार बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो। न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले नौ जनालाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। आदेशअनुसार बिहीबार बिहान ११ बजे उनीहरूलाई प्रहरीले अदालत पुर्‍याएको थियो।

कांग्रेसले जागरण अभियान सफल भएको दाबी गरेको समाचारलाई पत्रिकाले प्राथमिकताका साथ छापेको छ । कांग्रेसले जागरण अभियानको एकमहिने पहिलो चरण सफल भएको जनाएको छ। जेठ २५ गते सकिएको पहिलो चरणको अभियानबारे बिहीबार औपचारिक रूपमा जानकारी दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभियानले देशैभरि कांग्रेसमा नयाँ जोश थपिएको बताए। उनले अभियानका क्रममा २ हजारभन्दा बढी ठाँउमा कार्यक्रम भएको जानकारी दिए।

जिल्ला, क्षेत्र र गाउँ/नगर स्तरसम्मै कार्यक्रम भएको बताउँदै उनले अरू पार्टी परित्याग गरी ३१ हजारभन्दा धेरैले पार्टी प्रवेश गरेको समेत दाबी गरे।

कांग्रेसले अभियानका क्रममा केन्द्रबाट खटाएका प्रतिनिधिले आगामी १४ असार भित्र पार्टीमा प्रतिवेदन पेस गरेपछि पहिलो चरणको समीक्षा गर्नेछ। पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठक असारको तेस्रो साता बस्ने तयारी भइरहेको जानकारी दिइयो। कांग्रेसको जागरण अभियानको पहिलो चरण वैशाख २५ देखि जेठ २५ सम्म भएको थियो।

युवाले पाएनन् कर्जा शीर्षकको समाचारमा राष्ट्रिय वाणिज्य बैंकले ऋण नदिएपछि उदयपुरको बेलका नगरपालिकाका २२ जना युवा मंगलबार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा ध्यानाकर्षण गराउँदै थिए। उनीहरूले सरकारकै स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको उदयपुर शाखालगायत अन्य निजी बैंकमा पहल गर्दा पनि ऋण नपाएको भन्दै बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीलसँग गुनासो गरे।

बेलका–१ का फनिन्द्र पोखरेलले ८६ जना युवाले ऋणका लागि आवेदन गरे पनि हालसम्म कसैले पनि ऋण पाउन नसकेको बताए। ‘बैंकले धितो माग्छन्, हामीसँग धितो राख्ने जग्गा छैन’, उनले भने।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ७ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित