बलिउड अभिनेत्री दिशा पटानीका ९ रोचक तथ्य « Khabarhub

बलिउड अभिनेत्री दिशा पटानीका ९ रोचक तथ्य


३० जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री दिशा पटानी पछिल्लो समय चर्चामा आइरहने नायिका हुन् । उनी अभिनित फिल्म ‘भारत’ सिनेमा हलमा रिलिज भइरहेको छ । ‘बागी २’ मा उनले गरेको अभिनयको खुबै चर्चा भयो ।

उनका बारेमा ९ कुरा जानौँ:

– बलिउडकी यी नायिकाले आफ्नो फिल्मी करिअर तेलुगू फिल्म ‘लोफर’ बाट शुरु गरेकी थिइन् । उनी सन् २०१५ मा फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन् ।

– फिल्ममा आउनुभन्दा पहिले दिशाले क्याटबडी डेरी मिल्कको विज्ञापनमा पनि काम गरेकी थिइन् । उनी यही विज्ञापनका कारण कतिपय मेकरको नजरमा परेकी थिइन् ।

– दिशा पटानी बलिउड उद्योगमा सबैभन्दा फिट अभिनेत्रीमा एक पर्छिन् । उनले आफ्नो लूकसँग फिटनेसमा पनि खुबै ख्याल गर्छिन् ।

– दिशाले एक म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले अभिनय गरेको म्युजिक भिडियो ‘बेफिक्रा’ हो । साथमा उनका ब्याइफ्रेन्ड टाइगर श्राफ पनि भिडियोमा देखिएका थिए ।

– दिशाले एक अन्तर्वार्तामा बताएकी थिइन् कि, उनले आफ्नो अभिनय गर्ने इच्छा पूरा गर्न पढाइ छोडिन् । उनी मुम्बईमा जम्मा ५ सय लिएर आएकी थिइन् ।

– टाइगर श्राफभन्दा पहिले दिशाले टिभी एक्टर पार्थ समथानसँग डेट गरेकी थिइन् । यी दुई झण्डै एक वर्ष सम्बन्धमा थिए ।

– दिशा पटानी कलाकार हुनुका साथ डान्सर पनि हुन् । रणवीर कपूर दिशाका सबैभन्दा ठूला क्रस थिए ।

– दिशाले अक्सर आफ्नो फेसनका कारण चर्चामा रहन्छिन् । उनी आफ्नो बोल्ड ड्रेसका कारण पनि चर्चामा रहिरहन रुचाउँछिन् ।

– दिशा पटानी अमेरिकी फेसन ब्राण्ड केल्भिन क्लेनको ब्राण्ड एम्बास्डर हुन् । उनले केल्भिनको विज्ञापन गरेर सामाजिक सञ्जालमा तस्वीर शेयर गर्छिन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ३ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित