आक्रोशित बिरामीको प्रश्न–डाक्टरले धर्म छाड्ने, लाइसेन्समा ७५ प्रतिशत फेल « Khabarhub

आक्रोशित बिरामीको प्रश्न–डाक्टरले धर्म छाड्ने, लाइसेन्समा ७५ प्रतिशत फेल


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–समायोजन प्रक्रियासँग रुष्ट बनेका सरकारी चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् । यस्तो बेलामा बिरामीको भने बिचल्ली पर्दै गएको छ । समयमै उपचार नपाएपछि बिरामीहरु आक्रोसित बन्न थालेको कान्तिपुरमा खबर छ ।

पत्रिकाले प्रकाशित गरेको पर्साको समाचारमा आक्रोसित बिरामीले डाक्टरसँगै गएर ‘डाक्टरले आफ्नो धर्म छाड्ने’ भन्ने प्रश्न गर्न थालेका छन् । डाक्टरहरुको आन्दोलन थाहा नपाएर पर्सा बहुदरमाईबाट ३ वर्षे बालक आदित्य पटेलको उपचार गर्न नारायणी अस्पताल वीरगन्ज पुगेकी उनकी आमाले चिकित्सकप्रति आक्रोसित हुँदै डाक्टरले आफ्नो धर्म छोड्न नहुने बताइन ।

लाइसेन्स परीक्षामा ७५ प्रतिशत डाक्टर फेल शीर्षकको अर्को समाचारमा नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् ।

काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ७५ प्रतिशत फेल भएका छन् । परीक्षामा सहभागी ४ सय ६ जना दन्त चिकित्सकमध्ये २ सय ६३ जना सेवा प्रवेशका लागि योग्य ठहरिएनन् । एमबीबीएसतर्फ लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका ७ सय २ जना र नेपालमा पढेका ४ सय २१ जना डाक्टर सहभागी थिए । बीडीएसमा विदेशबाट पढेका ५७ जना र नेपालमा पढेका ३ सय ४८ जना दन्त चिकित्सकले परीक्षा दिएका थिए ।

परीक्षामा सहभागी ८ सय ३० जना -एमबीबीएस र बीडीएसमा) पहिलेको लाइसेन्स परीक्षामा फेल भएकाहरू थिए । लाइसेन्स परीक्षामा सहभागी ६ सय ५८ जना नयाँ उम्मेदवारमध्ये अधिकांश विदेशमा अध्ययन गरेका हुन् । त्यसमा चीन र बंगलादेशमा पढेका बढी छन् ।

काउन्सिलले लाइसेन्सका लागि सञ्चालन गर्ने परीक्षामा अनुत्तीर्ण दर केही वर्षयता उच्च छ । ‘प्रवेश परीक्षाबिना विदेश पढ्न गएर सर्टिफिकेट ल्याएकाहरूलगायतका कारण सन् २०२२ सम्म यस्तो स्थिति रहिरहन्छ,’ काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने । पछिल्लो समय विदेश पढ्न स्वदेशको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रा.डा. बाँस्कोटा स्वास्थ्य क्षेत्रको दुर्दशाले अयोग्य डाक्टर उत्पादन भइरहेको बताउँछन् ।

सर्वोच्च अदालतले २०५८ फागुुन २५ गतेपछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य हुने आदेश गरेको थियो । त्यसयता यो परीक्षा पास नगरी चिकित्सा पेसा पाइँदैन । काउन्सिलमा दर्ता चिकित्सक संख्या करिब २३ हजार छ ।

त्यस्तै पत्रिकाले उडान भद्रगोल शीर्षकमा लेखेको समाचारमा धावनमार्गका लागि हरेक दिन १० घण्टा उडान बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै लापरबाही देखिन थालेकोछ । नोटरी जाम भएको १७ मिनेटपछि समेत फ्लाई दुवईलाई उडान अनुमति दिइएको छ । ट्याक्सी वेमा पुगेको जेटको विमानमा पाइलटले इन्धन अभाव भएको भन्दै पुनः पार्किङमा आएर तीन यात्रु थपेको, अघिल्लो मंगलबार राति २७४ यात्रुसहित दुबई उड्नुपर्ने निगमको वाइडबडी विमान ११ घण्टापछि उडेको प्रसंग उठाएको छ ।

त्यस्तै सांसदलाई अपरिचित निम्तो, सरकारलाई संसदीय समितिले सचेत गराएको, चेपाङलाई स्कुल बनाउने नाममा हिनामिना भएको समाचार छापेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ७ : ११ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित