देशको नेतृत्व गर्ने अवसर पाए महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षण– कोइराला « Khabarhub

देशको नेतृत्व गर्ने अवसर पाए महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षण– कोइराला


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जनसङ्ख्याको आधा भाग ओगटेका महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिनुपर्ने बताएका छन् ।

विपी कोइरालाले विसं २०१५ कै मन्त्रिमण्डलमा महिलालाई पनि समावेशीरुपमा सहभागी गराएको भन्दै कोइरालाले राजनीतिलगायत हरेक क्षेत्रमा पुरुष जत्तिकै सहभागी गराउने उनको सोच विसं २०१७ पुस १ गतेको राजनीतिक परिवर्तनले रोकियो बताए ।

राजधानीमा आयोजित बूढानीलकण्ठ नगरपालिका–१२ मा रही समाजसेवालगायत मानव प्रेरणामा सक्रिय भुवन गिरीका बारेमा समाजमा ख्यातिप्राप्तसहित सामान्य गरी ७५ लेखकले लेखेको पुस्तक ‘प्रेरक अभियन्ता भुवन’ सार्वजनिक कार्यक्रममा महामन्त्री कोइरालाले आफूले देशको नेतृत्व गर्ने अवसर पाए महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षणसहित सशक्तीकरण गर्ने बताए ।

कार्यक्रममा सांसद गगनकुमार थापाले आफ्नी कान्छी छोरी जन्मँदा तत्कालीन संविधानसभाका केही सभासद्ले समेत अर्कोपटक छोरा नै जन्मने विश्वास व्यक्त गर्दै शुभकामना दिएको प्रसङ्ग स्मरण गराउँदै महिलालाई हेर्ने दृष्टिकोण नीति निर्मातामा पनि बदलिन नसकेको बताए ।

महिला जागरणमा सचेत वर्ग सबैको सहयोग हुनुपर्ने उहाँको भनाइ थियो । यसैबीच नेता थापाले सरकारले काम गर्न नसके त्यसको विकल्प अर्को सरकार हुने बताउँदै राजा फर्काउने गरी भइरहेका केही टिप्पणीप्रति आपत्ति जनाए ।

सांसद प्रमिला राईले जनसङ्ख्याको ५१ प्रतिशत भाग ओगटेका महिलालाई सक्रिय बनाउन भुवन गिरीजस्ता अभियानकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए ।

पुस्तककी पात्र गिरीले आफ्ना लागि मात्र नभई अरुका लागि पनि सोच्नुपर्छ भन्ने भावनाले आफू अघि बढेको बताउनुभयो । पुस्तकका सम्पादक दाहालले समाजमा विभिन्न क्षेत्रमा नाम कमाएका व्यक्तिको मात्र पुस्तक निकाल्ने परम्पराभन्दा फरक गरी सामान्य मानिसको जीवनमा आधारित भई पाँचौँ पुस्तक प्रकाशन गरेको बताउनुभयो ।

छैटौँ पुस्तकका रुपमा युरोप यात्राको विषयलाई समेटेर किताब सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो । पुस्तकको समीक्षा गर्नुहुँदै प्रा ज्ञानु अधिकारी र प्रा गोविन्द लुइँटेलले सामाजिकरुपमा भुवन गिरीले पु¥याउनुभएको योगदानको चर्चा गरिए पनि त्यो प्रेरणा उहाँमा कसरी आयो भनी पुस्तकमा उल्लेख नगरिएकोतर्फ सम्पादक र प्रकाशकको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा समाजकी अध्यक्ष कान्ता अधिकारी दाहाल, सचिव भावना अर्याल खनाललगायतले अभियानकर्मी गिरीले आफ्नै घरकी घरेलु कामदारलाई समेत प्रेरणा दिएर सामाजिक जीवनमा पुनःस्थापित गर्नुभएको बताउनुभएको थियो । (तस्वीर र श्रव्य सामग्री उपलब्ध छ)
–––

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित