क्लिंकर उत्पादनमा नेपाल आत्मनिर्भर « Khabarhub

क्लिंकर उत्पादनमा नेपाल आत्मनिर्भर


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्लिंकर उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ क्लिंकर उत्पादनमा मुलुक आत्मनिर्भर बनेपछि चालु आर्थिक वर्ष २०७६/७७ मा भारतबाट क्लिंकर आयात पूर्णरुपमा रोकिएको छ ।

एक दशक अघिसम्म निजी क्षेत्रबाट सञ्चालित सबै सिमेन्ट उद्योगले भारतबाट क्लिंकर आयात गर्दै आएकामा चालु वर्षदेखि भने मुलुकमा उत्पादित क्लिंकर पर्याप्त रहेको रुपन्देहीका उद्योगीहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं उद्योगी राजेश अग्रवालले क्लिंकर उत्पादनका साथै ठूला सिमेन्ट उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि परनिर्भरता हटेको बताए ।

अग्रवालका अनुसार अहिले वार्षिक ७० लाख टन क्लिंकर खपत हुने गर्छ। पाँच वर्ष अघिसम्म कूल खपतको झन्डै ९० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुने गर्थ्यो। पछिल्लो वर्ष यसको आयात घट्दै जाँदा चालु आर्थिक वर्षमा आयात शून्य हुन पुगेको हो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा क्लिंकर आयात भएको छैन्।

भैरहवा भन्सारबाट आर्थिक वर्ष २०७३/७४ मा करिब ४० प्रतिशत र आर्थिक वर्ष २०७४/०७५ मा करिब ३० प्रतिशत क्लिंकर आयात भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा क्लिंकर आयात १५ प्रतिशतमा झरेको थियो।

यस अवधिमा ठूलो परिमाणमा क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा आएकाले आयात बन्द भएको उद्योगी अग्रवालले बताए। यहाँ उत्पादन भएको क्लिंकरका कारण गत वर्ष ३५ अर्ब रुपैयाँ बराबरको भारतीय क्लिंकरको आयात घटेको थियो। उद्योगीहरूका अनुसार अब ६५ अर्ब रुपैयाँ बराबरको क्लिंकर आयात रोकिनेछ।

उत्पादन बढ्दै

चुरे पहाडमा क्लिंकर उत्पादनका लागि आवश्यक चुनढुंगाका खानी प्रशस्त छन्। तिनको सदुपयोग हुन थालेपछि उत्पादन बढेको हो। नेपालका अधिकांश क्लिंकरसहितका ठूला सिमेन्ट उद्योग चुरे आसपास र त्यस नजिक स्थापना भइरहेका छन् ।

२०३१ फागुनमा क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने हिमाल सिमेन्ट उद्योग २०५८ देखि बन्द छ। २०४२ बाट उत्पादन सुरु गरेको हेटौंडा सिमेन्ट उद्योग र २०४९ देखि उत्पादन सुरु गरेको उदयपुर सिमेन्ट उद्योग सरकारी लगानीका क्लिंकरसहितका सिमेन्ट उत्पादन हुने उद्योग हुन् ।

२०६८ देखि क्लिंकरसहित उत्पादन सुरु गरेको अर्घाखाँची सिमेन्ट निजी लगानीको पहिलो ठूलो सिमेन्ट उद्योग हो। अहिले दाङको तुलसीपुरमा सोनापुर, घोराही, शुभश्री अग्नि सिमेन्ट सञ्चालनमा छन्। त्यसैगरी नवलपरासीमा हवाङ्सी शिवम, सर्वोत्तम, जनकपुरमा कस्मोस, सर्लाहीमा मारुती सिमेन्ट उद्योग सञ्चालनमा छन् । आफूले उत्पादन गरेको क्लिंकर यिनले अन्य उद्योगलाई पनि विक्री गर्दै आएका छन् ।

शुभश्री अग्नि सिमेन्टका सञ्चालक राजकुमार पोखरेलले स्वदेशमा प्रसस्त चुनढुंगाको खानी भएको र यसको सदुपयोग गरिएपछि क्लिंकरमा मुलुक आत्मनिर्भर बनेको हो। नेपाल अम्बुजा सिमेन्ट उद्योगका महाप्रबन्धक राजकुमार गुप्ताले क्लिंकर आयात पूर्णरुपमा रोकिएको बताए ।

दुई वर्ष अघिसम्म वार्षिक ४० लाख टन क्लिंकर उत्पादन हुँदै आएकोमा अहिले भने त्यो बढेर वार्षिक ७० लाख टन पुगेको उद्योगीहरूले बताएका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ११ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित