दलाई लामाको जन्मोत्सव मनाउन रोक « Khabarhub

दलाई लामाको जन्मोत्सव मनाउन रोक


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो।

जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको अन्नपूर्ण पोस्टमा खबर छ । नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चिनियाँ उच्च अधिकारीसँग गरिने हरेकपटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहोर्‍याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलाई लामाको जन्मदिन मनाउन अनुमति नदिएको बताए। ‘तिब्बती समुदायले कार्यक्रम गर्न अनुमति मागेका थिए। तर हामीले अनुमति दिएनौं,’ आचार्यले भने।

गत वर्ष तिब्बती समुदायले जाउलाखेलस्थित तिब्बती शिविरमा कार्यक्रम गरेर लामाको जन्मोत्सव मनाएको थियो। गत वर्ष गृह मन्त्रालयले रोक लगाएको थिएन। तिब्बती समुदायले लामाको जन्मोत्सव मनाउनु चीनविरोधी गतिविधि हुने निष्कर्ष निकाल्दै गृह मन्त्रालयले त्यस्ता कार्यक्रममा रोक लगाएको स्रोतले बतायो।

धर्मगुरु लामाका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोले धर्मगुरुको जन्मोत्सव मनाउने कार्यक्रममा रोक लगाउनु दुःखद भएको टिप्पणी गरे। ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको थिएन। धार्मिक आस्थाका कारण गर्न लागिएको कार्यक्रममा रोक लगाउनु आपत्तिजनक छ,’ ग्यात्सोले अन्नपूर्णसँग भने।

धर्मगुरु लामाको जन्मोत्सव मनाउन नदिएर प्रशासनले नेपालमा रहेका तिब्बती समुदायको चित्त दुखाएको उनको भनाइ थियो। प्रशासनले कार्यक्रम गर्ने अनुमति नदिएपछि शरणार्थी कार्यालयले शुक्रबार अबेरसम्म आमन्त्रित गरिएका विभिन्न मुलुकका राजदूतसहितका कूटनीतिज्ञलाई कार्यक्रम रद्द गरिएको जानकारी गराएको छ। तिब्बती शरणार्थी कार्यालयले कार्यक्रममा सहभागी हुन नेपालस्थित अमेरिका, बेलायत, जापान, युरोपेली मुलुकका राजदूतलाई निम्त्याएको थियो।

ग्यात्सोले आफूहरूले नेपालको सबै कानुन मान्दै आएको बताए। उनले भने, ‘लामाको जन्मोत्सव मनाउन नदिने सरकारी निर्णयपछि हामीले जन्मोत्सव मनाउने सबै कार्यक्रम स्थगित गरेका छौं।’ गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा रहँदा दलाई लामासम्बन्धी विदेशी समाचार राष्ट्रिय समाचार समितिमा अनुवाद गरेर राखेको भन्दै सरकारले पत्रकारलाई कारबाही गरेको थियो।

यद्यपि शरणार्थी शिवरभित्र धार्मिक नेता लामाका शुभेच्छुकहरूले जन्मोत्सव मनाउने तयारी गरेका छन्। नेपालका तिव्बती समुदायलाई आफ्ना धर्मगुरुको जन्मोत्सव मनाउन रोक लगाउनुले सरकारले सामान्य मानवअधिकारको समेत ख्याल नगरेको मानवअधिकारकर्मी आरोप लगाएका छन्। २०७२ मा बौद्धमा दलाई लामाको जन्मदिन मनाइरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि बीचमै कार्यक्रम रोकिएको थियो। त्यसबेला ताम्दिङ दोर्जे तुलाधर नेपालस्थित शरणार्थी शिविरका संयोजक थिए। त्यसअघि तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले तिब्बतीको कार्यक्रममा रोक लगाएका थिए।

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले गत वर्ष नरोकेको जन्मोत्सव कार्यक्रम यसपटक भने उनीहरूले नै गर्ने अनुमति दिएनन्। जाउलाखेलमा गत वर्ष मनाएको जन्मोत्सवमा नेपाल स्थित अधिकांश दुतावासका अधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ७ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित