३ करोड १० लाख पाउण्ड लिएर भागेकी राजकुमारी हाया ‘जीवन खतरामा परेको त्रासमा’ « Khabarhub

३ करोड १० लाख पाउण्ड लिएर भागेकी राजकुमारी हाया ‘जीवन खतरामा परेको त्रासमा’


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-संयुक्त अरब इमिरेट्स युएईअन्तर्गत दुबई इमिरेटका शासक शेख मोहम्मद बिन रशिद अल मख्तूमकी श्रीमती हाया बिन्त अल हुसैनले आफ्ना २ बच्चा र ३ करोड १० लाख पाउण्ड लिएर नाटकीय रुपमा देश छाडेर लण्डन पुगेको समाचार सार्वजनिक भएको छ ।

राजकुमारी हाया आफ्ना श्रीमानलाई छोडेर भागेको र लण्डनमा लुकेर बसेको बताइएको छ । दुबईका शासक शेख मोहम्मदकीएक श्रीमती राजकुमारी हाया लण्डनमा लुकेर बसिरहेकी बताइएको छ। आफ्ना श्रीमानलाई छोडेर भागेपछि उनको ज्यान खतरामा परेको त्रासमा रहेको बताइएको छ।

शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा आक्रोशपूर्ण कविता पोष्ट गर्दै एक अज्ञात महिलामाथि ‘धोखा दिएको र विश्वासघात गरेको’ आरोप लगाएका छन्। घोडादौड कम्पनीका मालिक अर्बपति ६९ वर्षीय शेख मोहम्मदलाई बेलाबखतमा घोडादौडको सन्दर्भमा ब्रिटेनकी महारानीसँग कुराकानी गरेको पनि देख्न पाइन्छ।

जोर्डनमा जन्मेर ब्रिटेनमा पढेकी ४५ वर्षीय हायाले सन् २००४ मा शेख मोहम्मदसँग बिहे गरेकी थिइन्। उनी शेखकी छैठौँ र ‘कान्छी’ पत्नी बनेकी थिइन्। विवरणहरूका अनुसार शेखका २३ जना सन्तान छन्। राजकुमारी हाया सुरुमा दुबईबाट भागेर जर्मनी पुगेकी र त्यहीँ शरण मागेकी थिइन्।

अहिले उनी लण्डनको प्रमुख क्षेत्र केन्सिङटन प्यालेस गार्डेनमा करिब १० करोड ७० लाख अमेरिकी डलर पर्ने भवनमा बसिरहेकी र कानुनी लडाईको तयारी गरिरहेकी बताइएको छ।

दुबईको विलासी जीवन छोडेर उनी किन भागिन् र उनलाई “जीवनको खतरामा परेको त्रास” किन छ?

उनका नजिकका सूत्रहरूका अनुसार हायाले यसै वर्ष शेखकी एक छोरी शेखा लतिफाबारे चिन्ताजनक तथ्यहरू फेला पारेकी थिइन्। शेखा लतिफा एक फ्रान्सेलीको सहयोगमा डुङ्गामार्फत् दुबईबाट फरार भएकी थिइन् तर उनलाई भारतीय तटबाट हतियारधारी रक्षकहरूले हिरासतमा लिएर दुबई फर्काइदिएका थिए।

हाया अक्सफोर्ड विश्वविद्यालयमा पढेको र ब्रिटेनमा बस्न चाहने ठानिएको छ । त्यसबेला राजकुमारी हाया र आयरल्याण्डका पूर्व राष्ट्रपति मेरी रोबिनसनले यस मामिलामा दुबईको पक्ष लिएका थिए।

दुबईका प्रशासकहरूले घर छोडेर भागेकी शेखामाथि ‘दुर्व्यवहारको जोखिम’ थियो भन्दै अहिले उनी ‘दुबईमा सुरक्षित रहेको’ भनेका थिए। तर मानव अधिकारवादीहरूले उनको इच्छाविपरित उनलाई जबर्जस्ती अपहरण गरिएको बताउँछन्।

यस घटनापछि राजकुमारी हायालाई कैयौँ नयाँ तथ्य थाहा भएको र उनको पतिको ठूलो परिवारबाट उनीमाथि दबाब बढ्दै गएको बताइएको छ। त्यसपछि उनले आफूलाई दुबईमा असुरक्षित महसुस गर्न लागेको बताइएको छ।

अन्तर्राष्ट्रिय पाटो

उनी नजिकका एक सूत्रका अनुसार उनलाई पनि आफूलाई अपहरण गरिने र जबरजस्ती दुबई फर्काइने हो कि भन्ने डर छ।
लण्डनस्थित संयुक्त अरब इमिरेट्सको दुतावासले यसलाई व्यक्तिगत मामिला भन्दै टिप्पणी गर्न अस्वीकार गरेको छ।

तर यसको अन्तर्राष्ट्रिय पाटो पनि छ। डोरसेट ब्रायन्सटन स्कूल र अक्सफर्ड विश्वविद्यालयमा पढेकी राजकुमारी हाया ब्रिटेनमा बस्न चाहने ठानिएको छ।

यदि उनका पतिले उनलाई दुबई फिर्ता गर्नुपर्ने माग राखे भने त्यो ब्रिटेनका लागि कुटनीतिक टाउको दुखाइ बन्नेछ। ब्रिटेन र संयुक्त अरब इमिरेट्सबीच नजिकको सम्बन्ध छ।

यसले जोर्डनमा पनि असजिलो स्थिति बनाउन सक्छ। किनभने जोर्डनका शासक अब्दुल्लाहकी उनी सौतेनी बहिनी हुन्। साढे दुई लाख जति जोर्डनीहरू यूएइमा काम गर्छन् र आफ्ना देशमा रेमिटेन्स पठाउँछन्। जोर्डनले दुबईसँग मनोमालिन्य बढाउने खतरा मोल्न सक्दैन। बीबीसीबाट

यो पनि पढौं

छोराछोरीसहित ३ करोड १० लाख पाउण्ड लिएर भागिन्

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ८ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित