अत्याधिक प्रदुषण भएपछि दिल्लीमा संकटकाल घोषणा, प्रदूषण सहितको कुहिरो नेपाल भित्रन सक्ने « Khabarhub

अत्याधिक प्रदुषण भएपछि दिल्लीमा संकटकाल घोषणा, प्रदूषण सहितको कुहिरो नेपाल भित्रन सक्ने


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको नयाँदिल्लीमा प्रदूषणको मात्रा अत्याधिक भए पछि सरकारले प्रदूषणबाट सर्वसाधारणलाई जोगाउन लाखौंको संख्यामा मास्क वितरण गरेको छ ।

प्रदुषण अत्याधिक बढेसँगै दिल्ली सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । बीबीसीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा ५० लाख मास्क वितरण गरिए छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायुमा मसिना धूलोका कण (पीएम) को मात्रा प्रति घनमिटर २.५ हुनु पर्ने तोके पनि नयाँ दिल्लीमा अहिले ५३३ माइक्रोग्राम भएको जनाइएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले यस्ता कणको मात्रा २४ घण्टामा सरदर २५ पीएम माथि हुन नहुने तोकेको छ । सो हेर्दा नयाँ दिल्लीको प्रदूषणको मात्र अत्याधिक हो ।

नयाँ दिल्लीको वायुप्रदूषणको मात्र निकै गम्भीर अबस्थामा पुगेपछि भारतीय सर्वोच्च अदालतले नयाँ दिल्ली र दुई छिमेकी राज्यमा प्रदूषण बढाउने खालका धेरै गतिविधीमा प्रतिवन्ध लगाएको छ ।

हालै उच्च अदालतले सबै खाले निर्माण कार्यलाई एक हप्तासम्म रोक्न र आगोसम्बन्धी कुनै पनि गतिविधीमा रोक लगाएको छ । त्यसैगरी शहरी क्षेत्रका विद्यालयहरूलाई अर्को मंगलबारसम्म बन्द गरिएको छ ।

नयाँ दिल्लीमा बढ्दो प्रदूषणलाई लिएर मुख्यमन्त्री अरबिन्द केजरीवालले ट्वीट मार्फत नयाँदिल्ली ग्यास चेम्बरमा परिणत भएको प्रतिक्रिया दिएका छन् । यसै गरी सर्वसाधारणले पनि प्रदूषणले ढाकिएका स्थानका तस्बिर तथा भिडियोहरू ट्वीट गर्दे चिन्ता व्यक्त गर्न थालेका छन् ।

यस्तै अमेरिकी अन्तरीक्ष अनुसन्धान संस्था (नासा) को अर्थ सेटलाइटले शुक्रबार विहान ९.०० बजे लिएको तस्बिरमा उत्तरी भारत विशेष गरी नयाँ दिल्ली आसपासबाट प्रदूषण सहितको कुहिरो नेपालतर्फ बढ्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

यस्तै भारतबाट प्रदूषित धूलोका कणहरू नेपाल आउन सक्ने भए पनि त्यसले जनस्वास्थ्यमा कतिको असर गर्छ भन्ने बारे अध्ययन नभएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन् ।

उनले अहिले जाडो मौसममा भारतको राजस्थानबाट धूलोका कण नेपाल आउने गरेको र गत वर्ष पनि त्यस्ता धूलोका कण नेपाल आइपुग्नु र नेपालमा वर्षा हुनु एकै पटक परेकाले धमिलो पानी वर्षा भएको बताइन् ।

त्यस्तै नासाले सार्वजनिक गरेको तस्बिरमा धूलोयुक्त बादल नयाँदिल्ली र आसपासको क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको विषयमा उनले अहिले दक्षिण पश्चिमबाट नेपालमा हावा चल्ने मौसम भएकाले धूलो युक्त बादलहरू आउन सक्ने संभावना रहे पनि त्यसले जनस्वास्थ्यमा कतिको असर पार्छ भन्ने बारे अध्ययन नभएको बताइन् ।

उनले भूउपग्रहको तस्बिरमा भारतको उत्तर प्रदेश माथिका आकाशमा धूलो युक्त बादल देखिएको र यस्तो बादल जाडो मौसममा विगतमा पनि देखिने गरेको जानकारी दिइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १० : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित