जासुसी रोक्न जापान सक्रिय


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- रुसले जापानलाई गुप्तचर गतिविधि र युद्धसम्बन्धी प्रविधि खरिदको केन्द्रका रूपमा प्रयोग गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुलासापछि जापानले विदेशी जासुसी गतिविधिविरुद्ध अझ कडा कदम चाल्ने आवश्यकता रहेको जनाएको छ । सरकारका प्रमुख प्रवक्ता मिनोरु किहाराले सोमबार बदलिँदो सुरक्षा परिवेशमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना हासिल गर्ने विदेशी गुप्तचर गतिविधि बढ्दो चुनौती बन्दै गएको बताउँदै त्यसको प्रभावकारी प्रतिरोध गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले द न्युयोर्क टाइम्सको प्रतिवेदनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि यस विषयलाई सरकारले थप गम्भीर रूपमा सम्बोधन गर्ने स्पष्ट पारे । आइतबार प्रकाशित अनुसन्धानात्मक प्रतिवेदनमा कमजोर जासुसी कानूनका कारण रुसले जापानलाई गुप्तचर सूचना सङ्कलन तथा युक्रेन युद्धमा प्रयोग हुने दोहोरो उपयोग (डुअल–युज) प्रविधि र उपकरण खरिदका लागि प्रमुख केन्द्र बनाएको दाबी गरिएको छ । प्रतिवेदनअनुसार रुसमा प्रत्यक्ष निर्यातमाथि प्रतिबन्ध रहेकाले आवश्यक सामग्री जापानबाट मध्यस्थ कम्पनीमार्फत भियतनाम, उज्बेकिस्तान र श्रीलङ्कालगायत तेस्रो मुलुक हुँदै रुस पुर्‍याइने गरिएको उल्लेख छ ।

त्यसमा टोकियोस्थित रुसी विमान सेवा एरोफ्लोटको कार्यालयबाट गोप्य रूपमा सञ्चालन हुने गुप्तचर सञ्जालको समेत चर्चा गरिएको छ । युक्रेनी पक्षको अनुमानअनुसार हाल प्रयोग भइरहेका रुसी क्षेप्यास्त्र र ड्रोनमा प्रयोग भएका करिब ९० प्रतिशत जापानी कम्पोनेन्ट रहेका छन् । यसैबीच, प्रवक्ता किहाराले जापानको संसद्ले यस वर्ष विभिन्न निकायमा छरिएर रहेका गुप्तचर गतिविधिको समन्वय गर्न नयाँ राष्ट्रिय निकाय गठन गर्ने कानून पारित गरिसकेको जानकारी दिए । उनका अनुसार नयाँ संयन्त्रले विदेशी जासुसी गतिविधिको निगरानी र प्रतिरोधलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : १५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र