स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य « Khabarhub

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।

स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिस अनिवार्य गरिएको हो ।

जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाले तोकेको मापदण्डअनुसार सिफारिस लिएर मात्रै स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद काफ्लेले बताए ।

‘निर्यात प्रक्रियालाई व्यवस्थित बनाउन नगरपालिकाले तीन चरणको प्रक्रिया तय गरेको छ, जसको पालना कृषक र व्यवसायीले अनिवार्य रूपमा गर्नुपर्नेछ’, उनले भने, ‘स्याउ ढुवानी तथा निर्यात गर्नुभन्दा कम्तीमा तीन दिनअघि कृषक वा व्यवसायीले स्याउको परिमाण र निर्यात गन्तव्य स्पष्ट उल्लेख गरी नगरपालिकाको कृषि सेवा केन्द्रमा निवेदन पेस गर्नुपर्नेछ ।’

उनका अनुसार निवेदन दर्ता भएपछि नगरपालिकाका कृषि प्राविधिकले स्थलगत रूपमा स्याउको गुणस्तर, परिमाण तथा रोग वा किराको अवस्थाबारे अनुगमन र निरीक्षण गर्नेछन् ।

‘प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनका आधारमा नियमानुसारको राजस्व बुझाएपछि मात्रै कार्यालयबाट आधिकारिक निकासी सिफारिस पत्र प्रदान गरिनेछ’, काफ्लेले भने, ‘यस व्यवस्थाले तिलागुफाको पहिचान बनेको स्याउको बजार व्यवस्थापनलाई थप व्यवस्थित, गुणस्तरीय र व्यावसायिक बनाउन सहयोग पुग्नेछ ।’

तिलागुफा नगरपालिका कालीकोटको प्रमुख स्याउ उत्पादन क्षेत्र भएकाले यहाँ उत्पादित स्याउको गुणस्तर कायम राख्न नयाँ व्यवस्था लागू गरिएको कृषि विकास अधिकृत गोविन्द भट्टले बताए ।

‘नगरपालिकाबाट वार्षिक १० हजार क्विन्टलभन्दा बढी स्याउ निर्यात हुँदै आएको छ’, उनले भने, ‘जथाभावी निर्यात हुँदा बजारमा तिलागुफाको स्याउको गुणस्तर र छविमा असर पर्नसक्ने भएकाले गुणस्तर कायम राख्न अनिवार्य सिफारिसको व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ११ : ०० बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका