गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । महिला क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा तथा प्रदेश खेलकुद परिषद्को सहकार्यमा प्रतियोगिता भएको हो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा स्याङ्जाले नवलपुरलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । स्याङ्जाका लागि सलिना सेनले सर्वाधिक ४० रनको योगदान दिइन् भने अरमिना अधिकारीले ३० रन जोडिन् । सिमाना केसीले १२ रन बनाइन् । रञ्जना साउद पाँच र अन्तिमा विश्वकर्मा छ रनमा अविजित रहँदा स्याङ्जाले अतिरिक्तबाट मात्रै २७ रन प्राप्त गरेको थियो ।

नवलपुरका बलरमध्ये श्रेया शर्माले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिइन् । निहारिका शर्माले दुई तथा आयुष्मा चापागाईंले एक विकेट हात पारिन् । जितका लागि १२८ रनको लक्ष्य पछ्याएको नवलपुर नौ ओभरको पाँचौँ बलमा जम्मा ३१ रनमा समेटियो । नवलपुरका कुनै पनि ब्याटरले दोहोरो अङ्क बनाउन सकेनन् । अतिरिक्तबाट प्राप्त १४ रन नै टोलीको दोस्रो ठूलो स्कोर बन्न पुग्यो ।

स्याङ्जाको सहज जितमा सिमाना केसी र निरु जीटीले समान तीन–तीन विकेट लिए । कुसुम गोदारले दुई तथा रञ्जना साउदले एक विकेट लिइन् । ब्याटिङमा १२ रन र बलिङमा तीन विकेटसहित उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी सिमाना केसी उद्घाटन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगितामा कास्की, स्याङ्जा, नवलपुर, बागलुङ र पर्वतका पाँच टोली सहभागी छन् । प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुने आयोजक गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

महिला क्रिकेटको स्तर उकास्दै प्रतिभावान् खेलाडी उत्पादन गर्ने तथा महिला क्रिकेटको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा उत्पादनमा सहयोग पुग्ने उनले बताए । यसअघि प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य रवीन्द्रबहादुर प्रजुले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको बजेट घट्दै जानु चिन्ताको विषय भएको बताए । उनले खेलाडीलाई अनुशासित, प्रतिस्पर्धी र खेलभावनासहित उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो । प्रतियोगिता यही असार १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १० : २६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र