खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन « Khabarhub

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना संकलन गरेका छन् । 

पसाउने बेलामा केराका टुप्पाको पात पहेँलो हुने र जरामा कालो भएर मर्ने समस्या देखिएपछि उक्त समस्या पहिचान गर्न गण्डकी प्रदेशको कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक टोलीले आज केरा बगैँचाको निरीक्षण गरेका हुन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना सङ्कलन गरेर प्रयोगशालामा लगेको जानकारी दिए । 

‘समस्या देखिएका बगैँचाको निरीक्षण, किसानसँग अन्तरक्रिया गर्नुका साथै गुमा, थाम, पात, जराको भागको नमुना संकलन गरेर प्रयोगशालामा पठाएका छौँ’, उनले भने, ‘प्रयोगशालाको प्रतिवेदनको आधारमा रोग पहिचान गरि नियन्त्रणको प्रयास गरिनेछ ।’

प्रदेश कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी र कृषि अनुसन्धान परिषद्का प्राविधिक अधिकृत सुजाता केसीले समस्या देखिएका बगैँचाबाट बोटबिरुवा अन्यत्र लैजान र कृषि औजारलाई अन्यत्र प्रयोग गर्दा सरसफाइ गर्न किसानहरूलाई आग्रह गरे। 

एक सय २० परिवार रहेको खबराका १०० भन्दाबढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् । केराखेती खबराको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसान चिन्तित बनेका बताए। 

सबैजसो बगैँचामा केराको गुभो (बोटको भित्रीभाग) कुहिने र बोट सुक्ने समस्या देखिएको किसान कृष्ण सापकोटाले बताए। खबरामा ७०० रोपनी क्षेत्रफलमा केराखेती विस्तार भएकामा १५ प्रतिशत बगैँचामा समस्या देखिएको जनाउँदै करिब ३० प्रतिशत उत्पादन घटेको किसान दीपक सापकोटाले जानकारी दिए। 

केराखेतीबाट मासिक न्यूनतम १२ हजारदेखि ५० हजारभन्दा बढी आम्दानी किसानले गर्दै आएका छन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ । 

विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएका केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो । 

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ६ : २० बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम