विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो का लागि फिफा विश्वकप–२०२६ केवल अर्को प्रतियोगिता मात्र नभइ, उनको सम्पूर्ण फुटबल करियरको विरासत निर्धारण गर्ने महत्वपूर्ण अवसर बनेको छ।

४१ वर्षको उमेरमा आफ्नो सम्भावित अन्तिम विश्वकप खेलिरहेका रोनाल्डो विश्व फुटबल इतिहासका सर्वाधिक सफल खेलाडीमध्ये एक मानिन्छन् । क्लब र राष्ट्रिय टोलीबाट उनले लगभग सबै प्रमुख उपाधि जितिसकेका छन् । तर विश्वकप ट्रफी भने अझै उनको हातमा परेको छैन ।

रोनाल्डोले यसअघि पाँच संस्करणको विश्वकप खेलिसकेका छन्। उनी विश्वकप इतिहासमा पाँच फरक संस्करणमा गोल गर्ने एकमात्र खेलाडी हुन्। यद्यपि नकआउट चरणमा गोल गर्न नसकेको तथ्यले उनको विश्वकप यात्रामाथि बेला–बेलामा प्रश्न उठ्ने गरेको छ।

यसपटकको विश्वकपमा पोर्चुगल बलियो टोलीका रूपमा मैदान उत्रिएको छ। ब्रुनो फर्नान्डेस लगायत अनुभवी तथा युवा खेलाडीहरूको संयोजन रहेको टोलीलाई उपाधिको दाबेदारका रूपमा हेरिएको छ। यस्तो अवस्थामा पोर्चुगलले इतिहासमै पहिलो विश्वकप जित्न सकेमा त्यसले रोनाल्डोको विरासतलाई अझ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

सन् २०२२ को विश्वकपमा मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि रोनाल्डो भावुक बनेका थिए। त्यसबेला विश्वकप जित्ने आफ्नो सपना समाप्त भएको संकेत दिएका उनी फेरि एकपटक विश्वकप मञ्चमा फर्किएका छन्।

विश्व फुटबलका महान खेलाडीको बहसमा रोनाल्डोको नाम सधैं अग्रपंक्तिमा रहने गरेको छ। तर विश्वकप उपाधि जित्न सके उनको करियरले पूर्णता पाउने धेरैको विश्वास छ। त्यसैले विश्वकप–२०२६ रोनाल्डोका लागि केवल प्रतियोगिता होइन, आफ्नो महानता थप प्रमाणित गर्ने अन्तिम अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ९ : ३९ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र