विश्वकप खेल्न अमेरिका पुगेको इरानी टोली आक्रोशित, राजनीति नगर्न फिफाको चेतावनी


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – महिनाौंदेखि जारी युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’ हुनुभन्दा केही घण्टा अघि मात्र इरानी राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो खेलका लागि लस एन्जलस आइपुगेको छ।

विश्वकप आयोजक सहर आइपुगेका इरानी मुख्य प्रशिक्षक अमिर ग्यालेनोइले राजनीति भन्दा पनि फुटबलका बारेमा मात्र कुरा गर्न चाहेको बताए। टोलीको पहिलो पत्रकार सम्मेलन हुनुअघि फिफा अधिकारीले समेत पत्रकारलाई खेलाडी र प्रशिक्षकसँग खेलकुदसँग मात्र सम्बन्धित प्रश्न सोध्न चेतावनी दिएका थिए, जसमा प्रशिक्षक ग्यालेनोइले पनि टाउको हल्लाउँदै सहमति जनाएका थिए।

तर, खेलकुदमा राजनीतिको छाया प्रष्ट रूपमा देखिएको छ। अमेरिकी भिसा अस्वीकृत हुनु, खेलका क्रममा हुन सक्ने प्रदर्शनको आशंका, र टोलीको बसाइ मेक्सिकोमा राखेर खेलका लागि मात्र अमेरिका आउनुपर्ने जस्ता जटिल प्राविधिक अवरोधहरूका कारण इरानी टोली असन्तुष्ट देखिएको छ।

यिनै असहज परिस्थितिका बीच मुख्य प्रशिक्षक अमिर ग्यालेनोइले आफूलाई रोक्न सकेनन् र अमेरिकाले गरेको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरे।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ४७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र