ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित


३० जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्ना जलेको जस्तो देखिने, पहेँलो हुँदै सुक्ने तथा नष्ट हुने समस्या बढ्दै गएको हो ।

स्थानीय पिपलाँडीका किसान जोखुराम चौधरीले रोगका कारण धानको बेर्नामा क्षति भएपछि रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ता बढेको बताए । ‘बेर्ना जलेको जस्तो देखिने र विस्तारै सुक्दै जाने समस्या देखियो’, उनले भने, ‘पहिलोपटक तयार गरेको बेर्ना अधिकांश नष्ट भएपछि पुनः बीउ छर्नुपरेको छ । रोपाइँ सुरु हुने बेला फेरि बेर्ना तयार गर्नुपर्ने अवस्था आएको छ ।’ उनका अनुसार समयमा रोग पहिचान गरी नियन्त्रण गर्न नसकिए रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा असर पर्ने देखिन्छ ।

नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले पछिल्ला दिनमा बेर्नामा रोग लागेको गुनासो लिएर आउने किसानको सङ्ख्या बढ्दै गएको बताए । धानको बेर्नामा ढुसीजन्य रोग देखिएकाले किसानलाई सतर्क रहन र आवश्यक प्राविधिक परामर्शका लागि कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

‘नगरको प्रमुख खाद्यान्न बाली धान हो‘, बुढाऐरले भने, ‘बेर्नामा समस्या देखिएकाले त्यसलाई नियन्त्रण नगरी रोपाइँ गर्दा उत्पादनमा ठूलो असर पर्न सक्छ, त्यसैले किसानलाई सचेत गराउने र रोग व्यवस्थापनका उपायबारे जानकारी दिने काम गरिरहेका छौँ ।’

रोग नियन्त्रणका लागि ‘कार्बेन्डाजिम’ र ‘म्यान्कोजेब’ विषादी दुई दशमलव पाँच ग्रामका दरले प्रतिलिटर पानीका मिसाएर बेर्ना राम्रोसँग भिज्ने गरी छर्कन उनले सुझाव दिए। सात(सात दिनको अन्तरालमा उक्त विषादी प्रयोग गर्न सकिने उनको भनाइ छ ।

रोग फैलिन नदिन नियमित अनुगमन, प्राविधिक परामर्श तथा आवश्यक व्यवस्थापनका उपाय अपनाउन कृषि विकास शाखाका प्रमुख बुढाऐरले किसानलाई आग्रह गरे । समयमा रोगको पहिचान गरी उपचार गर्न सके बेर्नालाई थप क्षति हुनबाट जोगाउन सकिने उनले बताए । धानखेतीको मुख्य याम सुरु भइसकेका बेला बेर्नामा ढुसीजन्य सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्ने चिन्तामा परेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ८ : १२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र