भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित गत बिहीबारदेखि स्थानीय भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी छ । सार्क राष्ट्रका उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तार गर्न मेला आयोजना गरिएको हो ।

भोलिसम्म जारी रहने सार्क मुलुकका उत्पादन कपडा तथा तयारी सामग्री, सौन्दर्य प्रशाधनका सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि तथा घरेलु उपकरणलगायत सामग्री छन् । देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय बनाउने माध्यम भएको मेलाका संयोजक सुमन महर्जनले बताए ।

मेलाको सहआयोजन नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रिज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल–चीन कार्यकारी परिषद्, नेपाल कस्मेटिक व्यवसाय सङ्घ तथा विश्व उद्यम सहायता फाउन्डेसनले गरेका हुन् । सार्कस्तरीय क्षेत्रीय व्यापार मेलाले व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ४ : ३७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र