सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्स सामु २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

वानखेडे स्टेडियम मा बिहीबार भएको खेलमा मुम्बईले टस जितेर पहिले बलिङ रोजेको थियो । त्यसपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रन बनायो ।

चेन्नईका लागि सञ्जु सैमसन ले उत्कृष्ट प्रदर्शन गर्दै अविजित १०१ रनको शतकीय पारी खेले। यो उनको आईपीएल करियरको पाँचौँ शतक हो। उनले आफ्नो इनिङ्समा १० चौका र ६ छक्का प्रहार गरे।

अन्य खेलाडीमध्ये ऋतुराज गायकवाड ले २२ रन बनाउँदा डेवाल्ड ब्रेविस ले २१ रनको योगदान दिए। बलिङतर्फ मुम्बईका अल्लाह गजनफर र अश्विनी कुमार ले समान २–२ विकेट लिए। त्यस्तै जसप्रीत बुमराह र मिचेल स्यान्टनर ले एक–एक सफलता हात पारे।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ९ : ५९ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र