केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले ओलीलाई थप दुई हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा दर्जनौँको ज्यान जाने गरी भएको हताहतीसम्बन्धी घटनामा गत शनिबार पक्राउ परेका ओलीको बिहीबारदेखि बयान लिन थालिएको छ।

हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ओ‌‌लीको जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयको टोलीले बयान लिन थालेको हो । बयान लिने क्रम नसकिएकाले उनलाई थप दुई हिरासतमै राखिने भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली तत्कालै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना कमजोर भएकाले जिल्ला प्रहरी परिसर र सरकारी वकिलले त्यहीँ पुगेर बयान लिइरहेका छन् ।

विभिन्न आधा दर्जन स्वास्थ्य समस्यासँग जुधिरहेका ओलीलाई चिकित्सकहरूले तत्काल डिस्चार्ज गर्न नसकिने जवाफ दिएपछि अस्पतालमै पुगेर बयान लिने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् ।

गत शनिबार गुन्डुस्थित निवासबाट पक्राउ परेका ओली त्यसको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

तत्कालीन गृहमन्त्री रमेश लेखक भने अहिले जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनको बयान भने त्यहीँ चलिरहेको छ। उनलाई नजिकैको सरकारी वकिलको कार्यालयमा लगेर बयान गराउने क्रम सकिएको छ।

शनिबार पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला प्रहरी परिसरले पाँच दिनको म्याद लिएको थियो । दुवैजनाका लागि बिहीबार नै नयाँ म्याद लिइएको हो ।

पहिलो पटक अदालत लगिएका लेखकलाई पनि यस पटक भिडियो कलबाटै दोस्रो म्याद लिइएको छ। ओ‌लीले पहिलो पटक पनि अस्पतालबाटै म्याद लिएका थिए ।

भदौको जेन-जी आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनेको थियो । त्यही आयोगको सिफारिसका आधारमा दुवैजनालाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ७ : १२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र