अमेरिका बस्ने भारतीय बने सबैभन्दा धेरै कमाउने समुदाय


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा बसोबास गर्ने भारतीय मूलका मानिसहरू त्यहाँको सबैभन्दा धेरै कमाउने समुदाय बनेका छन् । प्यु रिसर्च सेन्टरको पछिल्लो प्रतिवेदन अनुसार भारतीय अमेरिकीहरूको औसत वार्षिक आम्दानी १ लाख ५१ हजार २०० डलर पुगेको छ ।

यो आम्दानी अमेरिकाको राष्ट्रिय औसत आम्दानी ८३ हजार ७०० डलरभन्दा निकै बढी हो । तथ्याङ्क अनुसार एक सामान्य अमेरिकी परिवारको तुलनामा भारतीय परिवारले वार्षिक करिब ६७ हजार डलर बढी कमाउँछन् ।

यो आम्दानी अन्य एसियाली समुदायको तुलनामा पनि धेरै छ । ताइवानी मूलका अमेरिकीहरूको औसत आम्दानी १ लाख ३३ हजार ३०० डलर रहेको छ ।

यसरी हेर्दा भारतीयहरू ताइवानीहरू भन्दा पनि करिब १४ प्रतिशतले अगाडि छन् । अमेरिकाको कुल जनसंख्यामा भारतीयहरूको हिस्सा मात्र १.४ प्रतिशत रहेको छ ।

त्यहाँ करिब ४८ लाख भारतीय मूलका मानिसहरू बस्छन् । थोरै संख्यामा भए पनि उनीहरूले अमेरिकाको अर्थतन्त्रमा ठूलो योगदान दिएका छन् ।

विशेषगरी प्राविधिक र व्यावसायिक क्षेत्रमा उनीहरूको सहभागिता निकै बलियो छ । आम्दानी धेरै भएकै कारण उनीहरूले तिर्ने करको हिस्सा पनि ठूलो छ ।

भारतीय अमेरिकीहरूले अमेरिकाको कुल संघीय करमा करिब ६ प्रतिशत योगदान पुर्‍याउँछन् । यस प्रतिवेदनले भारतीय समुदाय अमेरिकाको आर्थिक र व्यावसायिक क्षेत्रमा कति प्रभावशाली छ भन्ने प्रष्ट पारेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ३ : ५८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र