बालेन साहः ससुराली उर्लाबारी आए-गए , समय नदिएको भन्दै कार्यकर्ता असन्तुष्ट « Khabarhub

बालेन साहः ससुराली उर्लाबारी आए-गए , समय नदिएको भन्दै कार्यकर्ता असन्तुष्ट


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी – काठमाडौं महानगरपालिकाका प्रमुख तथा स्वतन्त्र राजनीतिक व्यक्तित्व बालेन्द्र साह (बालेन) ससुराली क्षेत्र उर्लाबारी आएर छोटो समयमै फर्किएका छन्।

ससुराली आगमनका क्रममा उनले केही स्थानीय अगुवा तथा सर्वसाधारणसँग भेटघाट गरे पनि अपेक्षाअनुसार समय नदिएको भन्दै स्थानीय कार्यकर्ता र समर्थक असन्तुष्ट देखिएका छन्।

स्थानीय कार्यकर्ताका अनुसार साह उर्लाबारी आएको जानकारी पाएपछि धेरैले भेटघाट र छलफलको अपेक्षा गरेका थिए। तर कार्यक्रम सीमित रहँदा र औपचारिक संवाद नहुँदा कार्यकर्तामा निराशा देखिएको हो।

“ससुराली भएको ठाउँमा खुलेर कुरा राख्ने अवसर पाउँछौं भन्ने सोचेका थियौं, तर समय नै मिलेन,” एक स्थानीय कार्यकर्ताले भने। यद्यपि, छोटो भेटघाटका क्रममा साहले सुशासन, पारदर्शिता र नागरिक सहभागिताको आवश्यकता औंल्याउँदै स्थानीय तह बलियो बने मात्र परिवर्तन सम्भव हुने धारणा राखेका थिए।

उनले विकासका नाममा हुने अनावश्यक खर्च र बेथितिविरुद्ध नागरिक स्वयं सचेत हुनुपर्ने बताएका थिए।

बालेन साहको उर्लाबारी आगमन र छोटो बसाइँलाई लिएर सामाजिक सञ्जालमा पनि चर्चा भएको छ। कतिपयले व्यस्त कार्यतालिकाका कारण समय अभाव भएको बुझाइ राखेका छन् भने केहीले ससुराली क्षेत्रमा थप समय दिनुपर्ने प्रतिक्रिया दिएका छन्।

साह उर्लाबारी बसाइँका क्रममा सीमित अवलोकन र भेटघाटपछि फर्किएको बताइएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ९ : २५ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम