जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी « Khabarhub

जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानकी प्रधानमन्त्री साने ताकाइचीले बुधबार सत्तारूढ दलका वरिष्ठ अधिकारीहरूलाई बलियो जनसमर्थनको फाइदा उठाउँदै मध्यावधि आम चुनाव घोषणा गर्ने आफ्नो योजनाबारे जानकारी दिने तयारी गरेको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

ताकाइची गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकी हुन्। हाल उनको मन्त्रिपरिषद्ले करिब ७० प्रतिशतको उच्च अनुमोदन दर प्राप्त गरेको छ । तर सत्तारूढ गुटसँग संसद्को शक्तिशाली तल्लो सदनमा न्यून बहुमत मात्रै रहेकाले उनको महत्त्वाकांक्षी नीतिगत एजेन्डा अघि बढाउन चुनौती उत्पन्न भएको छ ।

जापानी व्यापार दैनिक निक्केई सिम्बुनले सरकार तथा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै बुधबारको बैठकमा ताकाइचीले जनवरी २३ मा तल्लो सदन विघटन गर्ने आफ्नो मनसायबारे पार्टीका वरिष्ठ अधिकारीहरूलाई जानकारी गराउने बताएको छ । 

यस कदमले सत्तारूढ दलको सिट सङ्ख्या बढाउने लक्ष्यसहित आकस्मिक आम चुनावको बाटो खोल्ने जनाइएको छ ।

सार्वजनिक प्रसारणकर्ता एनएचकेले पनि ताकाइचीले आफ्नो योजनाबारे वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न बैठक समन्वय गरिरहनुभएको जानकारी दिएको छ । 

टेलिभिजन असाहीका अनुसार एलडिपीका प्रभावशाली नेताहरू र गठबन्धन साझेदार जापान इनोभेसन पार्टीका सदस्यहरूसँगको बैठक बुधबार ढिलो हुने अपेक्षा गरिएको छ ।

सरकारका प्रमुख प्रवक्ता मिनोरु किहाराले यस विषयमा प्रतिक्रिया जनाउन अस्वीकार गर्दै यो ‘प्रधानमन्त्रीले गर्ने निर्णय’ भएको मात्र बताएका छन् ।

यदि ताकाइचीले नियमित संसद् सत्रको सुरुआतको दिन अर्थात जनवरी २३ मा तल्लो सदन विघटन गरे भने आम चुनावको सम्भावित मिति फेब्रुअरी ८ मा हुने विभिन्न जापानी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् । 

संसद् विघटन र चुनावबीचको समय छोटो राखेर आगामी आर्थिक वर्षको बजेट विधेयकमाथि हुने संसदीय बहसमा चुनावको प्रभाव न्यून राख्ने उनको रणनीति रहेको योमियुरी पत्रिकाले जनाएको छ ।

ताकाइचीको मन्त्रिपरिषद्ले अप्रिल २०२६ देखि सुरु हुने वित्तीय वर्षका लागि एक हजार २२३ खर्ब येन (करिब सात खर्ब ६८ अर्ब अमेरिकी डलर) को बजेट स्वीकृत गरिसकेको छ । उनले मुद्रास्फीति नियन्त्रण गर्न र विश्वको चौथो ठूलो अर्थतन्त्रलाई स्थायित्व दिन यो बजेटलाई सकेसम्म चाँडो संसद्बाट पारित गराउने प्रतिबद्धता व्यक्त गरे  ।

ताकाइची अल्पसङ्ख्यक सरकारको प्रमुखका रूपमा निर्वाचित हुँदा पछिल्ला केही वर्षमा जापानको पाँचौँ प्रधानमन्त्री बनेकी थिइन् । उनको नेतृत्वमा एलडिपी र गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले नोभेम्बरमा तीन सांसद एलडिपीमा सामेल भएपछि तल्लो सदनमा पुनः बहुमत हासिल गरेको हो । यद्यपि माथिल्लो सदनमा सत्तारूढ गुट अझै अल्पसङ्ख्यकमै रहेको छ ।

मिडियाका अनुसार ताकाइचीले ठूलो बहुमत प्राप्त भएमा थप ‘सक्रिय’ वित्तीय खर्चसम्बन्धी आफ्नो एजेन्डा कार्यान्वयन गर्न सजिलो हुने र चीनसँगको कूटनीतिक गतिरोध तोड्न पनि सहयोग पुग्ने अपेक्षा राखेकी छन् । 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ३१ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम