इटालीका प्रधानमन्त्रीले भनिन्: रुस–युक्रेन युद्ध तत्काल अन्त्य गर्नुपर्छ « Khabarhub

इटालीका प्रधानमन्त्रीले भनिन्: रुस–युक्रेन युद्ध तत्काल अन्त्य गर्नुपर्छ


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम – इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युक्रेन युद्ध अन्त्य गर्न युरोपेली सङघ इयूले रुससँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्नुपर्ने बताएका छन् । ‘मलाई लाग्छ युरोपले रुससँग वार्ता गर्ने समय आएको छ,’ उनले शुक्रबार नयाँ वर्षको अवसरमा गरिएको पत्रकार सम्मेलनमा भने ।

उनले थपे, ’म फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको भनाइसँग सहमत छु ।’ म्याक्रोँले डिसेम्बरमा युक्रेनमा युद्धमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः संलग्न हुन युरोपको लागि यो समय ‘उपयोगी’ हुने बताएका थिए ।

मस्कोको सन् २०२२ फेब्रुअरीको आक्रमणपछि इयू र रुसबीचको सम्पर्क पूर्णरूपमा अवरूद्ध भएपछि वाशिङ्गटनले द्वन्द्व अन्त्य गर्न वार्तामा नेतृत्व लिएको छ । यसले गर्दा युरोपेली नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई आकार दिन हताश भएका छन् ।

मेलोनीले वार्तामा इयूको पक्षमा को सहभागी हुने भन्ने थाहा पाउन कठिन रहेको बताए । उनले भने, ‘हामीसँग वार्ताको सुरुवातदेखि नै यो समस्या छ । त्यहाँ धेरै आवाजहरू गुजिरहेका छन्, धेरै ढाँचाहरू छन्।’

उनले भने, ‘म सँधै युक्रेनको प्रश्नमा जो कोही भएपनि एक विशेष युरोपेली दूत नियुक्त गर्ने पक्षमा छु उसले हाम्रो आवाज बोल्नेछ।’ युद्ध सुरु भएदेखि नै मेलोनी युक्रेनको कट्टर समर्थक छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ८ : ५५ बजे

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको