तीन केन्द्रीय सदस्यसहित १० नेता नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिकतिर « Khabarhub

तीन केन्द्रीय सदस्यसहित १० नेता नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिकतिर


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीका १० जना नेताहरू जनार्दन शर्मा प्रभाकरको पहलमा स्थापित प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।

बुधबार संयुक्त वक्तव्य जारी गरेर उनीहरूले बिहीबारदेखि औपचारिक रूपमा नयाँ दलमा प्रवेश गरेको घोषणा गरेका हुन्।

यसरी प्रगतिशील लोकतान्त्रिक रोज्नेमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकलगायतका छन्।

प्रदेश तथा स्थानीय तहका जिम्मेवारी सम्हाल्दै आएका नेताहरूले पनि सामूहिक रूपमा नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेका हुन्।

पार्टी त्याग गर्ने सूचीमा यज्ञ पोखेल (प्रदेश कार्यालय प्रमुख सचिव), कृष्ण भण्डारी (तुम्बीनी प्रदेश सदस्य), भक्त बहादुर पुन ‘जलन’ (लुम्बिनी प्रदेश सदस्य), कृष्ण बञ्जाडे (बुटवल उपमहानगरपालिका नगर सदस्य), प्रकाश कुँवर (लुम्बिनी प्रदेश कमिटी सिफारिस), अनुप पोखेल (लुम्बिनी प्रदेश कमिटी सिफारिस) र रुपन्देहीका कर्ण भट्टराई (सदस्य) छन्।

नेताहरूले संयुक्त वक्तव्यमार्फत नयाँ राजनीतिक विकल्पका कारण आफूहरू प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको जनाएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ६ : ३४ बजे

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने