युक्रेनसँगको द्वन्द्वबारे वार्ता गर्न तयार छौँ : रूसी विदेशमन्त्री


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- रूस युक्रेन बिचको द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नको लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्री सर्गेई लाभ्रोभले बताएका छन् । लाभ्रोभले रूसको सुरक्षा गर्न र युक्रेनमा रहेका रूसी जनता तथा रूसी भाषीहरुको अधिकार पुनः स्थापनाको महत्वलाई जोड दिँदै यस्तो बताएका हुन् । राष्ट्रसङ्घीय महासभाको ८० औँ सत्रमा आफ्नो देशको तर्फबाट बोल्दै उनले मस्कोको अधिकार र चासोको विश्वसनीय सम्मानमा आधारित भएमा रूस युक्रेनका लागि सुरक्षा ग्यारेन्टी बारे छलफल गर्न तयार रहेको बताए ।

द्वन्द्वले राष्ट्रहरू बिचको सार्वभौमसत्तामा समानताको सिद्धान्तको गम्भीर उल्लङ्घन गर्नुका साथै न्याय र विश्वासलाई कमजोर पारी सङ्कट र द्वन्द्व उत्पन्न गर्ने लाभ्रोभले उल्लेख गरेका छन् । उनले सम्बन्धित राष्ट्रहरूको सैन्य शक्ति, जनसङ्ख्याको आकार वा आर्थिक स्थितिको परवाह नगरी अन्तर्राष्ट्रिय प्रणालीमा सबै राष्ट्रहरूको उचित स्थिति सुनिश्चित गर्न पनि आह्वान गरेका छन् ।

लाभ्रोभले पश्चिममको बल प्रयोग वा धम्कीबाट टाढा रहने सिद्धान्तलाई धेरै पटक उल्लङ्घन गरेको उल्लेख गर्दै यसले मध्यपूर्वको स्थीरतालाई झनै कमजोर पारेको बताए । द्वन्द्वको समयमा, प्यालेस्टिनीहरू विरुद्ध इजरायलद्वारा गैरकानुनी बलको प्रयोग, साथै इरान, कतार, यमन, लेबनान, सिरिया र इराकलाई लक्षित गर्ने आक्रामक उपायहरूले सम्पूर्ण क्षेत्रलाई भड्काउने खतरा खडा गरेको उनले उल्लेख गरे ।

रूस–अमेरिका सम्बन्धको सन्दर्भमा, लाभ्रोभले युक्रेनी सङ्कटको व्यावहारिक समाधानका लागि राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीचको अलास्का शिखर सम्मेलनपछि रूसको आशा दुई देशबीचको वार्ताको निरन्तरतामा निहित रहेको बताए । रूस र अमेरिकाले विश्वव्यापी अवस्थाप्रति विशेष जिम्मेवारी बोकेका बताउदै उनले नयाँ युद्ध निम्त्याउन सक्ने जोखिमहरूबाट बच्न आवश्यक रहेको पनि उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको सुधारको विषमा, लाभ्रोभले आजको विश्वव्यापी शक्तिको सन्तुलन ८० वर्ष अघिको भन्दा मौलिक रूपमा भिन्न रहेको कुरामा जोड दिए । उनले सुरक्षा परिषदमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व विस्तार गरी सबै सदस्य राष्ट्रको हितको रक्षा गर्दै पूर्ण पारदर्शिताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ०१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र