अस्पताल विकास समितिहरूलाई एकीकृत गर्न नयाँ ऐनको मस्यौदा तयार 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका  प्रमुख संघीय अस्पतालहरूलाई एउटै कानुनी संरचनामार्फत सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सरकारले एकीकृत कानुनको मस्यौदा तयार पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ‘एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति ऐन २०८२’ को मस्यौदा हाल राय–सुझाव संकलनको प्रक्रियामा पुगेको छ । मन्त्रालयले विधायन ऐन २०७५ अनुसार १५ दिनभित्र मस्यौदामाथि लिखित सुझाव पठाउन सरोकारवालालाई आग्रह गरेको छ ।

नयाँ ऐन लागू भएपछि अहिले छुट्टाछुट्टै विकास समिति गठन आदेशमार्फत सञ्चालन हुँदै आएका संघीय अस्पतालहरू एउटै कानुनी संरचना अन्तर्गत सञ्चालन हुनेछन् । यसले देशका प्रमुख संघीय अस्पतालहरूको सञ्चालनलाई एकीकृत, पारदर्शी र प्रभावकारी बनाउने सरकारी विश्वास छ ।

नयाँ कानुन लागू भएसँगै कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पतालसहित १५ वटा संघीय अस्पतालका हालका विकास समिति खारेज हुनेछन् ।

त्यस्तै खारेज भएका ती समितिहरूको सम्पूर्ण चल–अचल सम्पत्ति, हक, दायित्व र अधिकार नवगठित एकीकृत व्यवस्थापन समितिमा स्वतः स्थानान्तरण गरिने व्यवस्था मस्यौदामा उल्लेख छ।

मन्त्रालयका अनुसार, प्राप्त हुने राय–सुझाव समेटेर मस्यौदालाई अन्तिम रूप दिइनेछ र त्यसपछि विधायन प्रक्रियाबाट पारित गरी लागू गरिने तयारी छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ५ : ०७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र