पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार र सीमित आफन्त बीच भेटघाट र रमाइलो गर्ने आम मानव प्रवृत्तिमा बदलाव आएको पाइन्छ । हरकोहीलाई घुम्नु, रमाइलो गर्नु, फोटो खिच्नु, रिल र टिकटक बनाउनु जस्ता रहर बढेको छ । 

पछिल्लो पुस्तामा आफन्त होस् की, साथीसँगी सबैसँग सहजै घुमघाम गर्ने कुरा जीवनशैली नै बनिसकेको देखिन्छ । कोही आन्तरिक पर्यटनको शैलीमा त, कोही बाह्य पर्यटकको रुपमा घुमफिर गर्ने, रमाउने क्रम बढ्दो छ । 

घुमफिर खुसी हुने र आत्मीय सन्तुष्टि आर्जन गर्न उत्तम उपाय नै हो । रमाइलो हुने, खुसी हुने र आनन्द महशुस हुनेसँगै घुमफिरले अर्थतन्त्रमा समेत सुधार ल्याउने गरेको छ । पछिल्लो समय बाह्य भन्दा आन्तरिक पर्यटन विकासमा सुधार देखिन्छ । घुम्ने गन्तव्य चाहे जिल्लामै हुन्, की पालिका भित्र, वा छिमेकी जिल्ला आउने जानेक्रम बाक्लै देखिन्छ । 

ती मध्येको पछिल्लो समय चर्चामा रहने गन्तव्य हो, वीरेखोला झरना । बाजुराको बडीमालिका नगरपालिका ८ र ६ को सीमा क्षेत्रमा पर्छ । बाजुरा सदरमुकाम मार्तडीबाट मात्रै ६ किलोमिटरको दूरीमा छ । भने छिमेकी जिल्ला अछामबाट ५० किलोमिटरको यात्रा पछि पुगिन्छ । 

त्यही वीरेखोला झरना केही वर्षयता आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । जो कोहीका लागि सहज आउने र रमाउने माध्यम नै हो, वीरेखोला झरना । बडीमालिका ६ का लागि आम्दानीको श्रोत हो, भने आन्तरिक पर्यटकका लागि घुमफिरको प्रमुख गन्तव्य । असार देखि कात्तिकसम्मका लागि वीरेखोला झरना बालकदेखि वृद्धिसम्मका लागि घुम्ने प्रमुख केन्द्र नै हो । 

वर्षायाम सुरु भएसँगै आन्तरिक पर्यटनको आकर्षण नै हो, भन्छन्, बडीमालिका ६ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का । प्रतिदिन घुम्न आउने पर्यटकका लागि वडाले २० रुपैयाँ टिकट समेत दिने गरेको छ । शनिबार र शुक्रबार धेरै हुन्छन्, बाँकी दिन पनि कार्तिकसम्म घुम्न आउनेको सङ्ख्या घट्दैछन् भन्छन्, वडा अध्यक्ष खड्का ।

वीरेखोला झरना गर्मी छल्नेहरूको लागि शीतला, प्रकृतिमा रमाउनेका लागि आनन्द र सन्तुष्टि अनि जोडी यात्राका लागि रमाइलो गन्तव्य बनिरहेको छ । बडीमालिका नगरपालिकाले नै वीरेखोला झरनालाई आन्तरिक पर्यटन विकासको प्रमुख गन्तव्यकै सूचीमा राखेको भन्छन्, नगर प्रमुख अमर खड्का । थप व्यवस्थित र आकर्षक बनाउने गरि योजना भइरहेको उनको भनाइ छ । 

एक सिजनमा लाख बढीले अवलोकन गर्ने गरेको रेकर्ड छ । झरनासम्म अवलोकन तथा रमाउन जाने त छदैछन् तर गाडीमा आवत जावत गर्ने जो कोहीले पनि जान नछुटाएर, फोटो खिच्नका लागि भएपनि त्यहाँ पुग्ने गरेको पाइन्छ । झरना सय मिटर लामो उचाइबाट झर्छ । साँफे मार्तडी सकडकको छेउमै पर्ने भएकोले पनि सबैजसोको नजरमा पर्ने गरेको छ ।

सामान्यतः जिल्लाभित्रका अधिकांस मानिस झरनामा फोटो खिच्नका लागि भएपनि पुग्ने गर्दछन् । करिब पाँच वर्षयता यो झरनाले समाजिक सञ्जाल लगायतमा चर्चा छ । एकनासले छल्कँदै बग्ने झरनामा इद्रेणी पर्ने गर्दछ । पर्यटकहरु छल्कीएको पानीमा नुहाएर रमाउने, कोही टिकटक बनाउने त कोही फोटो खिच्ने बढी हुन्छन् । गत वर्षयता झरनासम्म बडीमालिका नगरपालिकाले झरनासम्म पुग्ने फराकिलो बाटो झरनामा प्रवेश गर्ने गटे र झरनाको तल काठको पुल र रेलिङड, बस्नको लागी टिनको छाप्रा निर्माण गरेको छ । यसले पर्यकहरुको मन झनै लोभ्याउने गरेको छ ।

माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने गरेको पुग्नेहरुले बताउने गरेका छन् । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने संभावना रहेको देखिन्छ । 

पुग्नेहरुले एकपटक स्वर्गीय आनन्द महशुस गर्ने गरेका छन् । जो पुग्छन्, घण्टा बिताएर मात्रै फर्किन्छन् । फोटो खिच्छे, रिल टिकटक बनाउने, पौडी खेल्ने, पानीको फहरामा रमाउने गरेका छन् । विद्यालयले आन्तरिक भ्रमण कार्यक्रम राखेरै पुर्याउने गरेको देखिन्छ । 

आह लाग्ने यो, वीरे खोला झरनाले पर्यटकीय प्रर्वद्धनमा निकै भूमिका खेलेपनि भौतिक पुर्वधार लगायतका विकासमा केही कमी हुँदा झरनाबाट लिनु पर्ने लाभ स्थानीय तहले लिन सकेको छैनन् । 

निजी क्षेत्रसंग सहकार्य गर्दै पर्यटकीय क्षेत्र सो झरनालाई व्यवस्थित बनाउन सके आर्थिक विकासमा पनि निकै मदत पुग्ने देखिन्छ । झरना साँफे मार्तडी सडक नजिकै रहेकाले पर्यटकको आगमनमा पछिल्लो समय वृद्धि हुन थालेको अर्का स्थानीय बताउँछन् । हिउँदमा सुख्खा जस्तै हुने रापक बजारका होटल पसलहरु पनि असार लागेपछि कुनै दिन खाली हुदैनन् । 

बुढीगंगा र कोर्धाली गाडका माछा खान पाइने, स्थानीय उत्पादनका काँक्रा र कुखुराको बजार क्षेत्र पनि रापक भएकोले वीरेखोला झरना स्थानीय व्यापारीका लागि राम्रो आम्दानीको श्रोत बनेको छ । जुन गन्तव्यको विकासमा पालिकाले समयमै ध्यान दिन सके पर्यटन विकासमा राम्रो सहयोग पुग्ने देखिन्छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : ०७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र